Logo

ट्री अफ द इयर नेपाल २०२१ को विजेता घोषणा, अस्मिता सिग्देलले हात पारिन् अवार्ड

ट्री अफ द इयर नेपाल २०२१ को विजेता घोषणा, अस्मिता सिग्देलले हात पारिन् अवार्ड



काठमाडौं । ‘ट्री अफ द इयर नेपाल २०२२’ को विजेता अस्मिता सिग्देल बनेकी छिन् । अनुसन्धान तथा दिगो विकास केन्द्र नेपालले प्रत्येक वर्ष ट्री अफ द एअर नेपाल, फोटोग्राफी प्रतियोगिता कार्यक्रम संचालन गर्दै आएको छ । सोहि प्रतियोगिता अन्तर्गत २०१७, २०१८ र २०१९ मा एशियाभरि नेपाल प्रथम स्थान प्राप्त गर्न सफल भएको थियो । राष्ट्रिय रुपमा नेपालमा हुने प्रतियोगितामा भने यस वर्ष सिग्देल उक्त प्रतियोगिताकी विजयी बनेकी हुन् ।

laxmi

ट्री अफ द एअर नेपाल, एशियन ट्री अफ द एअर संँग आवद्ध भई रुखको विशेषता, यसको महत्व र संरक्षण गर्ने उदेश्यले जनमानसमा चेतना र जागरुकता फैलाउने काम गर्दछ । यस प्रतियोगीताको सहयोगले नेपालमा भएका रुखका प्रकार, स्थिति र सोहि रुखहरुलाई संरक्षण र प्रवद्धन गर्न मद्धत पुर्र्याउने काम गर्दछ ।

पतियोगिताकी विजयी भएकी सिग्देलले १ लाख रुपैयाँ नगद हात पारेकी हुन् । त्यस्तै, दोस्रो नवराज पाण्डे भएका छन् । उनले नगद ६० हजार रुपैयाँ हात पारेका छन् भने तेस्रो श्रेयसी विष्ट भएकी छिन् । उनले पनि ४० हजार रुपैयाँ पुरस्कार पाएकी छिन् ।     

‘ट्री अफ द इयर नेपाल २०२२’को निर्णायकमा डा संगिता भण्डारी, चुङबा शेर्पा र रञ्जित आचार्य रहेका थिए । जसको बैंकिङ पार्टनरमा माछापुच्छ्रे बैंक रहेको थियो ।

रूखको पहिचानसँगै संरक्षण गर्ने उद्देश्यले यस्तो कार्यक्रम मनाउँदै आएको क्रियसन नेपालका अध्यक्ष आनन्द मिश्रले बताए । कार्यक्रममा बोल्दै अध्यक्ष मिश्रले भने, ‘हामीले यो कार्यक्रम विगत ६ वर्षदेखि मनाउँदै आएका छौं । हामी एक अर्कामा जोडिनका लागि यस्तो कार्यक्रम मनाउनु पर्छ भनेर शुरु गरिएको थियो । त्यही सोचलाई आज पनि निरन्तरता दिइरहेका छौँ । रूखको महत्त्व बुझाउने यस्ता कार्यक्रम निरन्तर गर्दै जानु पर्छ ।’  

प्रतियोगिताको निर्णायक तथा प्रिज्मा एड्भरटाइजिङका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रञ्जित आचार्यले रुख जोगाउने अभियान राष्ट्रियस्तरमा नै हुनुपर्ने बताए । उनले भने, ‘अहिलेले युवापुस्ताहरू वाइफाइको टावर गयो भने सास फेर्न नै गाह्रो भएझैँ गर्छन् । तर, यदि रुखले अक्सिजन दिन छाड्यो भने के हुन्छ भनेर त्यो सोचका हुँदैनन् । त्यसैले रुख जोगाउने अभियान राष्ट्रियस्तरमा नै हुनुपर्छ ।’  

कार्यक्रममा माछापुच्छ्रे बैंकका चिफ बिजनेस अफिसर टिका भट्टराईले माछापुच्छ्रे बैंकले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू गर्दै आएको बताए । उनले भने, ‘हाम्रो बैंकले आफ्नो नाफा अन्तगर्तको केही हिस्सा सामाजिक उत्तरदायित्व क्षेत्रमा खर्च गर्दै आएको छ । अन्य क्षेत्रमा पनि हाम्रो बैंकले विभिन्न सहयोग गर्दै आएको छ ।’ 

प्रतिक्रिया दिनुहोस्
MBL