Logo

रोका वाथरुम प्रोडक्ट्सका ८ नयाँ शोरुम नेपालमा, गुणस्तरियतामा विशेष जोड

रोका वाथरुम प्रोडक्ट्सका ८ नयाँ शोरुम नेपालमा, गुणस्तरियतामा विशेष जोड



काठमाडौं । रोका बाथरूम प्रोडक्ट्स प्रालिले नेपालमा ८ नयाँ शोरुम संचालनमा ल्याएको छ । आफ्नो ब्रान्डको उपस्थितिलाई बलियो बनाउन कम्पनीले काठमाडौं, पोखरा, बुटवल र भैरहवामा नयाँ शोरुमको विस्तार गरेको हो ।

कम्पनीले प्रबन्ध निर्देशक केई रंगनाथनको नेपाल भ्रमणको अवसर पारि ८ वटा नयाँ शोरुम, ५ वटा ब्रान्ड प्यारीवेयर र ३ वटा ब्रान्ड पनि सार्वजनिक गरेको हो । भारतको बजारमा आफ्नो प्रभुत्व कायम गर्न सफल ब्रान्ड प्यारीवेयरले नेपालमा उपस्थिति जनाउँदै २० प्रतिशत बजार हिस्सा पाएको कम्पनीको दावी रहेको छ ।

बाथरूम निर्माता र युरोपेली ब्रान्ड रोका संसारका १ सय ८० भन्दा बढी देशहरूमा अवस्थित छ । कम्पनीका लक्जरी ब्राण्ड अरमानी रोका र लाउफेन रिटेल उपस्थितिका साथ नेपालमा प्रवेश गर्ने तयारीमा रहेको कम्पनीले जानकारी दिएको छ । नयाँ शोरुमहरूको सुरुवातसँगै, ब्रान्डले नेपालमा आम जनताको विश्वास जित्ने लक्ष्य राखेको छ ।

शोरुम संचालनका अवसरमा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक रंगनाथनले भने, ‘हामी हाम्रो पहुँच विस्तार गर्न र ब्रान्डको सफलतामा योगदान पुर्याउन नेपाली बजारमा बलियो उपस्थिति राख्न पाउँदा खुसी छौं । हामी यस्ता बजारहरूमा हाम्रो खुद्रा उपस्थितिलाई सुदृढ गर्न जारी राख्नेछौ । जहाँ हामीले बलियो उपस्थिति स्थापित गरेका छौं र हाम्रा ग्राहकहरूको लागि सुविधाजनक र उत्कृष्ट अनुभव सुनिश्चित गर्दै हाम्रा फरक उत्पादनहरू, सेवाहरू र आश्वासनहरूका साथ नयाँ बजारहरूमा प्रवेश गर्नेछौ ।’ उनले भने, ‘बजारमा लगानी, नयाँ उत्पादन र गुणस्तरियतामा केन्द्रित भएर बलियो उपस्थितिलाई निरन्तरता दिने महत्वाकांक्षी योजना हाम्रो छ ।’

ग्राहकहरूलाई किनमेल सम्बन्धी अनौठा अनुभव प्रदान गर्न प्यारीवेयरसँग नेपालभर १ सय बढी आउटलेटहरू छन् । रोका ब्रान्डका नेपालमा १५ भन्दा बढि हाई एन्ड शोरुमहरू छन् जसले उच्च स्तरका ग्राहकहरू र आर्किटेक्टहरूलाई उत्कृष्ट किनमेल अनुभव प्रदान गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
MBL