Logo

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम १ अर्ब २० करोड पुग्यो

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम १ अर्ब २० करोड पुग्यो



काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि घटिरहेको नेप्से अन्तिम समयमा १४.४४ अंकले घट्दै १९ सय ३८ को विन्दुमा पुगेर रोकिएको हो ।

laxmi

बुधबार दिनभर २ सय ५३ कम्पनीका ३७ लाख १६ हजार ६ सय ८४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब २० करोड २१ लाख ४१ हजार रुपैयाँ नाघेको छ ।

आज कारोबार भएका कम्पनीमध्ये १ सय ४९ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा जम्मा ५१ कम्पनीको सेयरमूल्य बढ्न पुगेको छ । यसमध्ये पनि आज युनिक नेपाल लघुवित्त र शुभम पावर लिमिटेडको सेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL