Logo

भिभोका दुईवाट स्मार्टफोन भी२५ई र वाई१५सी को मूल्य घट्यो

भिभोका दुईवाट स्मार्टफोन भी२५ई र वाई१५सी को मूल्य घट्यो



काठमाडौं । भिभो, एक अग्रणी ग्लोबल टेक्नोलोजी ब्रान्डले आफ्नो भी र वाई सिरिजको नवीनतम स्मार्टफोन भी२५ई र वाई१५सी मोडलहरूको मूल्य भारी मात्राले घटाएको छ । भी२५ई (८+१२८ जीवी) को पुरानो मुल्य ४२ हजार ९९९ थियो । तीन हजार रुपैयाँ घटेरे अब यो स्मार्टफोन नयाँ मुल्य ३९ हजार ९९९ मा उपलब्ध हुनेछ ।

त्यस्तै १७ हजार ९९९ मुल्य रहेको भिभो वाई१५सी को मुल्य पनि तीन हजार रुपैयाँले घटेको छ । वाई१५c मार्च १ तारिखदेखि मार्च ३१ तारिखसम्म रु १४,९९९ मूल्यमा उपलब्ध हुनेछ । यो नयाँ मूल्य नेपालको सबै रिटेल स्टोर र ई–कमर्स साइटहरूमा उपलब्ध हुनेछ ।

भिभो नेपालका सीईओ माइकलले भने, “भिभो स्मार्टफोनको मुल्य घटाएर हाम्रा उपभोक्ताहरूप्रतिको प्रतिबद्धता कायम राख्न चाहन्छौं । दुबै भी र वाई सिरिजका स्मार्टफोनहरू किफायती र धेरै विशेषता भएका स्मार्टफोनहरू रोज्ने प्रयोगकर्ताहरुको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो ।”

भिभो भी२५ई मा ६४एमपी ओआईएस अल्ट्रा–सेन्सिङ रियर क्यामेरा छ जसमा उच्च–संवेदनशील सेन्सर र ओआईएस छ जसले हाइब्रिड इमेज स्टेबलाइजेशन प्रदान गर्दछ । स्मार्टफोनमा बोकेह फ्लेयर पोट्र्रेट विशेषता पनि छ जसले डुअल क्यामेरा सेटअप प्रयोग गरेर रात्रिकालिन फोटोग्राफीलाई सुधार गर्दछ ।

फोनमा ४४वाटको फ्ल्यासचार्ज र बलियो ४५०० एमएएच ब्याट्री रहेको छ जसले अत्यन्तै छिटो चार्ज गर्न अनुमति दिन्छ र प्रयोगकर्ताहरूले ब्याट्रीको जीवन वा फोन अत्यधिक तात्ने चिन्ता नगरी फोनका अन्य सबै क्षमताहरूको फाइदा लिन सक्छन् । भी२५ई मा मिडिया टेक हेलियो जी९९ सीपीयू छ जसले फोनमा भएका सुविधाहरूलाई सजिलैसँग सञ्चालन गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
MBL