Logo

मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको अध्यक्षमा गुरुदत्त शर्मा चयन, यस्तो छ १७ सदस्सीय कार्यसमिति

मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको अध्यक्षमा गुरुदत्त शर्मा चयन, यस्तो छ १७ सदस्सीय कार्यसमिति



काठमाडौं । न्यूरोडस्थित ताम्राकार मोबाइल कम्प्लेक्सका व्यवसायीहरुको संगठनले नयाँ नेतृत्व छनौट गरेको छ । ताम्राकार कम्प्लेक्समा व्यवसाय गरिरहेका मोबाइल व्यवसायीहरुको छाता संस्था मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको नयाँ नेतृत्वमा गुरुदत्त शर्मा सर्वसम्मत चयन भएका हुन् । शर्मा यसअघि संघमा सचिवको रुपमा कार्यरत थिए ।

laxmi

अध्यक्ष शर्माको नेतृत्वमा १७ सदस्सीय कार्यसमिति समेत सर्वसम्मत चयन भएको छ । जसअनुसार मोबाइल व्यापार संघको वरिष्ठ उपाध्यक्षमा अनील ढकाल चयन भएका छन भने महासचिवमा गोपाल बहादुर क्षेत्री आएका छन् ।

त्यसैगरी उपाध्यक्षमा विवेक शर्मा तथा कल्पना तिवारी आएका छन भने रमण पराजुली सचिव, मोती कोइराला कोषाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन्।

यसका साथै कार्यसमिति सदस्यहरुमा निर्जश कार्की, बलराम कार्की, सरोज गौतम, रविन डागी, सुनिता कार्की, रामदास ठकुरी, निर्मल अर्याल, चन्द्रमान श्रेष्ठ, सपना बानिया चयन भएका छन्।

संघको वरिष्ठ सल्लाहकारमा संजीत पौडेल तथा प्रदिप बानियाँ चयन भएका छन्। नव निर्वाचित कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।

नव निर्वाचित अध्यक्षमा शर्माले संघले मोबाइल व्यवसायीको समस्याहरुलाई समाधान गर्दै आगामी दिनमा नयाँ योजनाहरु ल्याउने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL