Logo

आत्मनिर्भर लघुवित्तको आईपीओ आजदेखि भर्न पाईने, सर्वसाधारणका लागि छुट्याईयो १ लाख ६९ हजार कित्ता

आत्मनिर्भर लघुवित्तको आईपीओ आजदेखि भर्न पाईने, सर्वसाधारणका लागि छुट्याईयो १ लाख ६९ हजार कित्ता



काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।
आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आइपीओ कम्पनीले खुला गर्ने भएको हो । प्रतिसेयर १ सय रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३ सय ८० कित्ता सेयर सर्वाजनिक निष्काशनका लागि कम्पनीले यसअघि नै छुट्याईसकेको छ ।

laxmi

सोमध्ये २० हजार ३ सय ३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँट गरिसकेको छ भने ३ हजार १ सय १७ कित्ता सेयर कर्मचारीहरु तथा १० हजार १ सय ७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्
MBL