Logo

मेन्छियाम हाइड्रोको आइपीओमा आजदेखि आवेदन दिन मिल्ने, वैदेशिक रोजगारीमा गएकालाई छुट्याईयो १ लाख ८ हजार कित्ता

मेन्छियाम हाइड्रोको आइपीओमा आजदेखि आवेदन दिन मिल्ने, वैदेशिक रोजगारीमा गएकालाई छुट्याईयो १ लाख ८ हजार कित्ता



काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

laxmi

कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको प्रतिसेयर १ सय रुपैयाँ दरका ५ लाख ४२ हजार ५ सय ८३ कित्ता साधारण सेययर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।

सोमध्ये अति प्रभावित क्षेत्र संखुवासभा जिल्ला साविक सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका बासिन्दाहरुका लागि २ लाख ७१ हजार २९२ कित्ता सेयर र बाँकी २ लाख ७१ हजार २ सय ९१ कित्ता सेयर सो बाहेकका क्षत्रमा रहेका संखुवासभा जिल्लाका बासिन्दाहरुमा बाँडफाँट गरिने कम्पनीले जनाएको छ।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेययरको १० प्रतिशतले हुन आउने १ करोड ८ लाख ५१ हजार ७ सय रुपैयाँ बराबरको प्रतिसेयर १ सय रुपैयाँ अंकित दरका १ लाख ८ हजार ५१७ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
MBL