Logo

काठमाडौंमा सार्वजनिक यातायात सुचारु, मजदूरको बन्द फिर्ता

काठमाडौंमा सार्वजनिक यातायात सुचारु, मजदूरको बन्द फिर्ता



काठमाडों । काठमाडौंमा सार्वजनिक यातायात संचालनमा आएका छन् । यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिएपछि पुनः सार्वजनिक सवारीसाधनहरु संचालनमा आएका हुन् ।

laxmi

सोमबार साँझदेखि काठमाडौं उपत्यकामा सवारीसाधन ठप्प पारेका सार्वजनिक यातायात मजदुरहरुले मंगलबार पनि उक्त कार्य निरन्तरता दिएका थिए । सोही अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायात क्षेत्रका ३ ओटै मजदुर संगठनका पदाधिकारीसँग बैठक आह्वान गरेको थियो ।

मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग सिंहदरबारमा भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको छ ।

वार्तामा सोमबार यातायात मजदुरलाई कुटपिट गर्नेहरुमाथि कारबाही गर्ने सहमति भएको छ । यस्तै वार्ताले ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँबसपार्कमा गरेको भनिएको अनियमितता लगायतका विषयमा छानविन गर्नेसमेत निर्णय गरिएको वार्ताका एक सहभागिले बताए ।

मजदुरहरुले राखेका बाँकी मुद्धाहरुमा भने मन्त्रालयले गठन गरेको सर्वपक्षीय कार्यदलमा छलफल गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL