Logo

अमेरिकाको ‘सोर्सिङ म्याजिक’ मेलामा तयारी पोशाक संघ सहभागी, नेपाली उत्पादनको बजार पहिचानमा सहयोग

अमेरिकाको ‘सोर्सिङ म्याजिक’ मेलामा तयारी पोशाक संघ सहभागी, नेपाली उत्पादनको बजार पहिचानमा सहयोग



काठमाडौं । अमेरिकाको सोर्सिङ एट म्याजिक मेलामा नेपाल तयारी पोशाक संघले सहभागिता जनाउने भएको छ । अमेरिककाको लस भेगासमा भोलीदेखि हुने मेलामा तयारी पोशाक संघले आफ्नो समभागिता जनाउने भएको हो ।
उक्त मेलामा सहभागी हुन नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपति देव पाण्डेले नेतृत्वमा एक व्यवसायीक प्रतिनिधिमण्डल अमेरिका प्रस्थान गरेको हो । यहि फेब्रअरी १३ देखि १५ सम्म लस भेगासमा हुने सोर्सिङ म्याजिक मेलामा अध्यक्ष पाण्डेको नेतृत्वमा ७ सदस्यीय व्यवसायीक मण्डल प्रस्थान गरेका हुन् ।

laxmi

मेलामा नेपाली व्यवसायीहरुले नेपाली तयारी पोशाकको प्रतिनिधित्व हुने स्टलहरु राख्नेछन् । ‘नेपाली व्यवसायीले नेपालकै प्रतिनिधित्व हुनेगरी आआफ्ना उद्योगबाट उत्पादित तयारी पोशाकको स्टल राखेर प्रर्दशनी गर्नेछन्,’ अध्यक्ष पाण्डेले भने, ‘सो मेलामा पोशाक सम्बन्धी उत्पादक र क्रेताहरु विश्वभरका उद्योगी व्यवसायीको उपस्थिती हुने भएकाले नेपाली उत्पादनलाई विश्व बजारमा बजारिकरण गर्न ठूलो सहयोग पुग्नेछ ।’ साथै मेलामा उपस्थित अन्य देशमा उद्योगी व्यवसायीहरुसँग बीटूबी मिटिङ समेत हुने र जसले नेपाली उत्पादनको बजार पहिचानमा समेत ठूलो सहयोग पुग्ने उनले जानकारी दिए ।

सो मेलमा प्योर क्लोथिङ्गका अध्यक्ष एव संघका अध्यक्ष पाण्डेको नेतत्वमा हिमालयन कटन एण्ड फेशन इन्टरनेशनलका बसन्त राज अधिकारी, युनाइटेड फेशन एण्ड निटिङ्गका थोमनाथ बस्याल र यज्ञ प्रसाद पोखरेल, प्रधानाङ्ग एपेरेल्स इण्डस्ट्रिजका शचिन्द्र प्रधानाङ्ग, जम्फा निटिङ्ग इण्डस्ट्रिजका सुरेश मान श्रेष्ठ, शिवशक्ति गार्मेन्टका शिवप्रसाद भट्ट तथा टाइकोट इण्डस्ट्रिजका तर्फबाट विकाश पारिखको समभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL