Logo

साना तथा मझौला कम्पनीको सेयर कारोबार गर्न फागुन भित्रै ‘एसएमईज’ प्लेटफर्म, मन्त्रिपरिषद्मा पुग्दै नियमावली

साना तथा मझौला कम्पनीको सेयर कारोबार गर्न फागुन भित्रै ‘एसएमईज’ प्लेटफर्म, मन्त्रिपरिषद्मा पुग्दै नियमावली



काठमाडौं । नेपाल धितोपत्र बोर्डले साना तथा मझौला कम्पनीको सेयर कारोबार गर्न एसएमईज प्लेटफर्म तत्काल संचालनमा ल्याउने भएको छ । इकोनमिक मिडिया सोसाइटी नेपाल (इम्शन)का नवनिर्वाचित कार्यसमितिलाई आफ्नै कार्यकक्षमा स्वागत तथा बधाई दिँदै फागुनभित्रै एसएमईज प्लेटफर्म संचालनमा ल्याउने बताएका हुन् । ‘अहिले यस सम्बन्धमा कानून निर्माण कार्य अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘सम्भवत बोर्डको वाषिकोत्सवको अवसरमा एसएमईज प्लेटफर्म कार्यान्वयनमा ल्याउने छौं ।’

laxmi

हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को एउटै प्लेटफर्मबाट सेयर खरिदबिक्री हँुदै आएको छ । तर सेबोनले साना तथा मझौला कम्पनीलाई सहज रुपमा सेयर बजारमा भित्र्याउनका लागि छुट्टै प्लेटफर्म संचालनमा ल्याउन लागिएको उनले जानकारी दिए ।
इम्शन कार्यसमितिसँगको छलफल कार्यक्रममा उनले अबका दिनमा बोर्डका नीति नियमलाई तत्काल कार्यान्यनमा ल्याई गलत कार्यमाथि कारबाही गरिने समेत उनले जानकारी दिए । ‘अहिलेको जनअपेक्षा एकदकै ठूलो छ तर सो अपेक्षा परिपूर्ति गर्ने कार्यशैली हामीसँग छैन,’ उनले भने, ‘हामीले जनअपेक्षा अनुसार काम गर्न सोही अनुरुप सुधार गर्नु जरुरी छ ।’

यसैगरी उनले बोर्ड र इम्शनबीच सहकार्य गरेर नेपालको पुँजी बजारको दिगो विकासका सम्बन्धमा वृहत छलफल गर्नुपर्ने बताए । पुँजी बजारको दिगो विकासका लागि आर्थिक मिडियाहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै इम्सनसँगको सहकार्यले पुँजी बजारलाई गतिशिल र विश्वसनिय बनाउन सहयोग पुग्ने उनको भनाई छ । साथै उनले पुँजी बजार विकासका लागि आफु अहोरात्र खटिएको बताउँदै त्यसको सकारात्मक नतिजा देखिन थालिसकेको समेत जानकारी दिए ।

उनले रियल सेक्टरलाई पुँजी बजारमा भित्र्याउन पनि आफुले निकै मेहनत गरिरहेको बताए । बुक बिल्डिङमा देखिएका अप्ठेरा पनि समाधान उन्मुख रहेको उनको दावी थियो । अध्यक्ष हमालले संस्थागत सुशासन, साना लगानीकर्ताहरुको संरक्षणका लागि पनि आफुले काम गरिरहेको बताएका थिए । उनले पुँजी बजार सम्बन्धी तालिम दिनका लागि संस्थागत संरचना नै खडा गर्ने तयारी भैरहेको जानकारी पनि दिए ।

कार्यक्रममा इम्सन अध्यक्ष रामराजा श्रेष्ठले पुँजी बजारको विकासका लागि सेबोनसँग सहकार्य गर्न तयार रहेको बताएका थिए । उनले आर्थिक मिडिया र सेबोनको सम्बन्ध जति राम्रो भयो त्यति नै बजारको विकासमा सहयोगी सिद्ध हुने दावी गरेका थिए । ‘अहिले बोर्ड र सम्बद्ध सरोकारवालाहरुबीच समन्वय नहुँदा बोर्डले लिएका कतिपय नीतिहरु कार्यान्वयमा कठाई वा सो सम्बन्धमा विरोध भैरहेका छन्,’ उनले भने, ‘यदि यसलाई सुरुवाती चरणमै मिडियामार्फत सरोकारवालाहरुलाई बुझाउन सकियो भने विरोध नआउन सक्छ ।’ साथै सेयर बजार गैरकानूनी रुपमा चलखेल गर्नेमाथि बोर्डले तत्काल कारबाहीको दायरामा ल्याउनु पर्ने समेत श्रेष्ठले बताए ।

स्वागत कार्यक्रममा बोर्डका तर्फबाट कार्यकारी निर्देशकहरु डा. मुक्ति श्रेष्ठ, बिनयदेव आचार्य र कृष्ण पोखरेल सहभागी थिए ।
इम्सनका तर्फबाट अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष लोचन खतिवडा, महासचिव नारायण पौडेल, सचिव हिम बिष्ट, सह सचिव बिष्णु तारुके, कोषाध्यक्ष केशब भण्डारी र कार्य समिति सदस्यहरु मिलन खड्का र सुरेन्द्र पौडेल सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL