Logo

इम्शन नयाँ कार्यसमितिलाई अर्थमन्त्रीको स्वागत, आर्थिक एजेन्डामा सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता

इम्शन नयाँ कार्यसमितिलाई अर्थमन्त्रीको स्वागत, आर्थिक एजेन्डामा सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता



काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले आर्थिक एजेन्डामा आर्थिक मिडियाहरुसँग सहकार्य गर्न सरकार तयार रहेको बताएका छन् । सोमबार अर्थमन्त्री पौडेलले आफ्नै कार्यकक्षमा बोलाएर इकोनोमिक मिडिया सोसाइटीको नयाँ कार्यसमितिलाई स्वागत गर्दै उनले देशको समृद्धिमा सरकार र निजी क्षेत्रको एउटै एजेण्डा रहने र सोका लागि इम्शनसँग सहकार्य गर्दै अघि बढ्ने बताए ।

laxmi

साथै कार्यक्रममा उनले इम्शनमा आवद्ध सदस्यहरुको क्षमता विकासका लागि अर्थ मन्त्रालयबाट गर्न सकिने सहयोगका लागि पनि आफू तयार रहेको बताए । ‘यो सोसाइटीको क्षमता विकासका लागि गर्न सकिने सहयोगका लागि सरकार तयार छ । इकोनोमिक मिडिया सोसाइटी र अर्थ मन्त्रालयको बीचमा जीवन्त सम्वन्ध हुनुपर्छ भन्ने मलाई लाग्छ,’ स्वागत कार्यक्रममा उनले भने, ‘अर्थ मन्त्रालयलाई यहाँहरुले सल्लाह र सुझाव दिने र यहाँहरुका जायज सुझावलाई ग्रहण गर्दै सरकार अघि बढ्ने छ ।’ साथै इन्शनमा आवद्ध सदस्यहरुको क्षमता विकासका लगायतका विषयमा सरकारले मोडालिटिनै तयार गरेर अघि बढने समेत उनले जानकारी दिए ।

उनले आर्थिक मिडियाहरुले मुलुकको अर्थतन्त्रलाई सक्षम र सबल तुल्याउन अभियान सञ्चालन गरेको र सरकारको पनि उद्देश्य त्यही हो भन्दै दुवै एउटै डुंगामा रहेको बताए ।

कार्यक्रममा इम्शन अध्यक्ष राम राजा श्रेष्ठले देशको आर्थिक तथा औद्योगिक विकासका लागि आफुहरु सरकारलाई सहयोग गर्न तयार रहेको बताए । साथै अहिले कतिपय नीति नियम कार्यान्यनमा सरकार र निजी क्षेत्रबीच मतभेद रहेको भन्दै यस्ता समस्या समाधानका लािग सहकार्य गरेर अघि बढ्ने बताए । इम्शनले अर्थमन्त्री पौडेललाई अर्थतन्त्रमा अहिले देखिएको समस्या समाधानका लागि अल्पकालिन र दिर्घकालिन उपायका बारेमा समेत सुझाव दिएको छ ।

यसैगरी इम्शनले आर्थिक सम्मेलन गर्न लागेको र सोका लािग सहयोग गर्न समेत आग्रह गरेको थियो । साथै, सोसाइटीले आर्थिक मिडियाहरुलाई लगाउँदै आएको आयकर कम गर्न, सार्वजनिक सुचनाहरु अनलाइन मिडियाहरुमा प्रकासित गर्न नमिल्ने विद्यमान कानुन संशोधन गर्न, यस्ता अनलाइन मिडियाहरुलाई पनि लोककल्याणकारी विज्ञापन प्रदान गर्ने व्यवस्था गर्न आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL