Logo

आइएमई पे र बीग डिजिटल स्टोरबीच सम्झौता, वस्तु खरिदमा ५० प्रतिशतसम्म छुट

आइएमई पे र बीग डिजिटल स्टोरबीच सम्झौता, वस्तु खरिदमा ५० प्रतिशतसम्म छुट



काठमाडौं । आइएमई पे र बीग डिजिटल स्टोरको सहकार्यमा विश्व प्रख्यात साइबर विक अब नेपालमा पनि संचालनमा आएको छ । मंसिर १३ गतेबाट शुरु भएको साइबर विक नामक अफरमा ग्राहकहरुले बीग डिजिटल स्टोरमा ५० प्रतिशतसम्मको छुटमा ल्यापटप, मोबाईल र अन्य सबै सामानहरु खरिद गर्न सक्नेछन् ।

यस्का साथै, आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरुले थप १० प्रतिशत छुट (१ हजार रुपैयाँ सम्म मात्र) पनि प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले सो अफर बीग डिजिटलको स्टोरहरुमा मात्र पाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL