Logo

राष्ट्र बैंकको ब्याजदर घटाउने नीतिले पनि सेयरबजारमा देखिएन उत्साह, परिसुचक र कारोबार रकम दुवैमा गिरावट

राष्ट्र बैंकको ब्याजदर घटाउने नीतिले पनि सेयरबजारमा देखिएन उत्साह, परिसुचक र कारोबार रकम दुवैमा गिरावट



काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ । आईतबार उच्च अंकको वृद्धिसहित उकालो लागेको नेप्से परिसुचकमा सोमबार १५.६१ अंकको गिरावट आएको हो ।

laxmi

पछिल्लो समय बैंकहरुले वेसरेटमा उच्च प्रिमियम थप गर्न थालेपछि बैंक कर्जा महंगो भएको थियो । यसैका कारण बजार ओरालो लागिरहेको भनिएपनि राष्ट्र बैंकले कर्जाको व्याजदरलाई सस्तो बनाउँदा पनि त्यसको असर बजारमा देखिएन । चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै केन्द्रिय बैंकले स्प्रेडदर घटाउँदासमेत बजारमा सकारात्मक असर नदेखिएको हो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समिक्षामार्फत वाणिज्य बैंकको स्प्रेडदर ४.४ बाट घटाएर ४ प्रतिशत र विकास बैंक तथा वित्त कम्पनीहरुको स्प्रेडदर ५ बाट घटाएर ४.६ प्रतिशत पुर्याएको छ । यसरी स्प्रेडदर घटाएपनि यसको असर सेयरबजारमा नदेखिँदा बजारको उकालो यात्रामा पुनः ब्रेक लागेको हो ।

सोमबार कारोबार अवधिभर २ सय ३६ कम्पनीका ३७ लाख ६१ हजार २ सय ९९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम पनि १ अर्ब ४९ करोड ४३ लाख रुपैयाँमा सिमित भएको छ । आईतबार कारोबार रकम २ अर्ब नाघेको थियो । आज ५९ कम्पनीको सेयरमूल्य उकालो लाग्दा अन्य १ सय ७८ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL