Logo

प्रभु क्यापिटल र क्रिस्टल डाईग्नोस्टिकबीच सम्झौता, बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट

प्रभु क्यापिटल र क्रिस्टल डाईग्नोस्टिकबीच सम्झौता, बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट



काठमाडौं । प्रभु क्यापिटल तथा क्रिस्टल डाईग्नोस्टिकबीच सम्झौता भएको छ । प्रभु क्यापिटलका हितग्राहीको लागि विशेष छूट दिनेगरी मंगलबार दुबै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर गरी सो सम्झौता भएको हो ।

laxmi

सम्झौता अनुसार उक्त सम्झौता पश्चात क्यापिटलका सबै हितग्राहीहरुले ल्याबको सम्पूर्ण सेवा सुविधामा २०% छूट पाउनेछन् भने आउटसोर्सिङ गरेको टेस्टमा ल्याबबाट १०% छूट पाउनेछन् ।

यो अफरबाट लाभ लिन हितग्राहीले आफ्नो प्रभु क्यापिटलको एप डाउनलोड गरी डिम्याट खाता लिङ्क गरेको देखाउनुपर्नेछ ।

सो समझौतामा क्यापिटलले गर्ने सामाजिक उत्तरदायित्वका कार्यहरुमा जस्तै स्वास्थ्य शिविर, रक्तदान शिविर आदि गतिविधिहरूमा समेत ल्याबले सहयोग गर्ने क्यापिटलले जनाएको छ ।

काठमाडौंको सिनामंगलमा अवस्थित क्रिस्टल डाईग्नोस्टिक नेशनल पब्लिक हेल्थ ल्याबोरेटरीबाट मान्यता प्राप्त आधुनिक प्रविधि र विभिन्न सेवाहरू सहितको एक अत्याधुनिक प्याथलोजिकल ल्याब हो ।

प्रतिक्रिया दिनुहोस्
MBL