Logo

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम एक अर्ब माथि

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम एक अर्ब माथि



काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से परिसुचक अन्तिम समयमा २.५७ अंकले ओरालो लागेको हो ।

परिसुचक ओरालो लागेपनि आज कारोबार रकम भने १ अर्ब माथि पुगेको छ । कुल २ सय २६ कम्पनीका २७ लाख ७३ हजार ७ सय ३७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ५ करोड ३१ लाख ३७ हजार रुपैयाँ बढी पुगेको हो ।

आज कारोबार समयभर जीवन बीमा, निर्जीवन बीमा, वित्त र अतिरिक्त बाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् । आज जीवन बीमा समुहको परिसुचक ९३ अंकले बढ्दा निर्जीवन बीमाको २३, अतिरिक्तको १४ र वित्त समुहको परिसुचक ४ अंकले उकालो लागेका हुन् ।

यस्तै आज उत्पादनमुलक समुहको परिसुचक सबैभन्दा बढी २६ अंकले ओरालो लाग्दा व्यापारको २९, जलविद्युतको १२ र विकास बैंक समुहको परिसुचक ७ अंकले घटेका छन् । बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा मंगलबार ३ अंकको गिरावट आएको छ ।

आज दिनभर ७४ कम्पनीको सेयरमूल्य उकालो लाग्दा १ सय ३२ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL