Logo

एनसीएचएलको तिहार अफर : कनेक्ट आइपीएसमार्फत निशुल्क पैसा पठाउन मिल्ने

एनसीएचएलको तिहार अफर : कनेक्ट आइपीएसमार्फत निशुल्क पैसा पठाउन मिल्ने



काठमाडौं । तिहार तथा छठको अवसरमा कनेक्ट आइपीएसमार्फत् फण्ड ट्रान्स्फर गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ । नेपाल क्लियरिङ हाउस लि ले आईतबार एक अफर सार्वजनिक गर्दै तिहार र छठभर शुल्क नलाग्ने बताएको हो । एनसीएचएलको उक्त अफर कार्तिक ७ गते देखि १३ गतेसम्म लागु हुनेछ । चाड पर्वको बेलामा नगदको सट्टा मोबाइलमा आधारित फण्ड ट्रान्स्फर गर्न थप प्रोत्साहन गर्नका निम्ती एनसीएचएल तथा बैंक वित्तीय संस्थाको समन्वयमा सो अफर लागू गरिएको हो ।

laxmi

फण्ड ट्रान्सफर गर्नका निम्ती आफ्नो मोवाइल बैंकिङ्ग एपमा लग–इन गरी, फण्ड ट्रान्सफर वा सेन्ड मनिमा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपिएसलाई छनोट गर्नुपर्ने हुन्छ ।

कनेक्ट आइपीएसको फण्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोवाइल बैंकिङ्गमा उपलब्ध रहेको छ भने उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपीएसमा छुट्टै रजिष्टर गर्न आवश्यक छैन । हाल मोवाइल बैकिङ्गमा रहेको कनेक्ट आइपीएसमार्फत् प्रतिदिन प्रतिकारोबार २ लाख रुपैयाँसम्मको फण्ड ट्रान्सफर गर्न सकिन्छ ।

यस निःशुल्क फण्ड ट्रान्स्फरको प्रावधानले फण्ड ट्रान्स्फर तथा विभिन्न भुक्तानीका लागि मोबाईल बैंकिङको बढ्दो प्रयोगलाई थप प्रोत्साहन गर्नुका साथै चाड पर्वको समयमा नगदको प्रयोग पनि घटाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

कनेक्ट आइपीएस फण्ड ट्रान्सफर तथा यसको च्यानल प्लेटफर्म एनपीएस अन्तर्गतको रिटेल पेमेन्ट स्विचमार्फत् सञ्चालनमा रहेको छ । कनेक्ट आइपीएसमार्फत् चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५ खर्ब ८२ अर्ब रुपैयाँ बराबरको १ करोड १० लाख रुपैयाँभन्दा बढी भुक्तानी कारोबार फर्छ्यौट भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL