Logo

धितोपत्र बोर्डले एकैपटक खोल्यो नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्स, यस्ता छन् मापदण्ड

धितोपत्र बोर्डले एकैपटक खोल्यो नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्स, यस्ता छन् मापदण्ड



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एकैपटक नयाँ स्टक एक्सचेन्ज, धितोपत्र ब्रोकर र कमोडिटी एक्सचेञ्जका लागि अनुमतिपत्र (लाईसेन्स) खुला गरेको छ । सेबोनले आइतबार सूचना सार्वजनिक गर्दै तिनै प्रकारका संस्थाका लागि लाईसेन्स लिन आवेदन माग गरेको हो ।

laxmi

धितोपत्र बजारको विकास तथा विस्तार गर्दै यसको सेवा तथा गुणस्तरमा स्वच्छ, निष्पक्ष, पारदर्शी र प्रतिश्पर्धी बनाउन र बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि गर्नका लागि ब्रोकर र धितोपत्र व्यापारी थप गर्नुपर्ने आवश्यकता अनुसार नयाँ कम्पनीका लागि आवेदन माग गरेको बोर्डले जानकारी दिएको छ ।

ब्रोकर र बोर्डको लामो समयपछिको रस्साकसीपछि बोर्डले नयाँ ब्रोकरको लाईसेन्स खुला गर्न सफल भएको छ । ब्रोकर लाईसेन्स सम्बन्धी नियमावलीको चौथो संसोधनमा नयाँ लाईसेन्स खुला गर्न ब्रोकरले रोकेपनि बोर्डका अध्यक्ष रमेश हमाल र अर्थमन्त्री जनार्दन शर्माले उक्त नियमावलीमा पाँचौं संसोधन गर्दै नयाँ ब्रोकर लाईसेसन्स खुला गरेका हुन् ।

सोही अनुरुप बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ तथा सो अन्तर्गत बनेको विभिन्न नियमको अधिनमा रही ब्रोकरको रुपमा काम गर्न ईच्छुक संस्थाले यसका लागि आवेदन दिन सक्ने बताएको छ । यस्तो आवेदन आजको मितिदेखि ३० दिनभित्र निवेदन दस्तुर र कागजातसहित सेबोनमा पेश गर्नुपर्नेछ । यस्तै उक्त निवेदनमा निवेदकको नाम, ठेगानालगायत विवरण स्पष्ट खुलेको हुनुपर्ने बताईएको छ । उक्त निवेदन रितपुर्वक नआएमा, म्याद नाघेर आएमा वा सर्तबमोजिम नभएमा पनि कुनै कारबाही नहुने बोर्डले जानकारी दिएको छ ।

यस्तै सेबोनले निजी क्षेत्रको लगानीमा एक नयाँ स्टक एक्सचेन्जका लागि पनि आवेदन माग गरेको छ । यसका लागि पनि धितोपत्र बोर्डले ४५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ । यसका लागि आवेदन दिने सर्तहरु पनि ब्रोकर लाइसेन्सकै सरह छन् । अर्थात नयाँ स्टक एक्सचेन्ज संचालनका लागि आवेदन दिनका लागि कानुनबमोजिम योग्य संस्था हुनुपर्ने, आवेदन ४५ दिनभित्र बुझाउनुपर्ने, नाम, ठेगानालगायतका विवरण खुलाउनुपर्नेलगायतका सर्तहरु तोकिएका छन् ।

यसैगरी बोर्डले बस्तु विनिमय बजार संचालनका लागि नयाँ कमोडिटी एक्सचेञ्जको लाईसेन्स खुला गरेको हो । तत्कालका लागि बोर्डले दुई ओटा बस्तु विनिमय संचालन सम्बन्धी संस्थालाई लाईसेन्स दिने भएको छ । तर बोर्डले ब्रोकरलाई लागि भने संख्या तोकेको छैन । यस अघिनै बोर्डले आवेदनका आधारमा रितपूर्वक आएको कागजातको आधारमा नयाँ ब्रोकर लाईसेन्स दिने जानकारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL