Logo

चीनमाबन्यो संसारकै सानो कार, निर्माण खर्च १ सय ५५ पाउण्ड, के के छन् त विशेषता ?

चीनमाबन्यो संसारकै सानो कार, निर्माण खर्च १ सय ५५ पाउण्ड, के के छन् त विशेषता ?


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवादादाता

चीनका ६० बर्षिय सु झियुनले संसारकै सानो कारको निर्माण गरेका छन् । चीनका ठूला सहरमा बढ्दै गएको ट्राफिक जामको समस्या हटाउने भन्दै उनले यस्तो कारको निर्माण गरेको बताएका छन् ।

दुईबर्ष लगाएर निर्माण गरेको यो कारको लागि १ सय ५५ पाउण्ड स्टर्लिङ खर्च गरेका थिए । झियुन यो कारमै चढेर अहिले साङ्घाईका व्यस्त सडकमा हिंहिरहेका भेटिन्छन् । युवा अवस्थामा मोटरसाइकलमा बढी आकर्षण रहेपनि पछिल्लोे समय बढ्दै गएको जामले यस्तो कार निर्माणमा अभिपे्ररित गरेको उनको भनाई छ ।

झियुनले निर्माण गरेको यो कारको लम्बाई २३ ईञ्च रहेको छ । त्यस्तै १३ ईञ्च चौडाई रहेको यो कारमा अन्यकार जस्तै इन्जिन, एक्सिलेटर, बे्रक, हर्न, गियर सहित अगाडी र पछाडी दुवै तर्फ लाइटको समेत प्रयोग गरिएको छ । त्यस्तै यो कारमा विशेष किसिमको साउण्ड सिष्टम समेत रहेको छ जसमा ५ सय ओटा गित राख्न मिल्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL