Logo

हितग्राही ग्राहकका लागि प्रभु क्यापिटलको बिशेष अफर, गोल्ड जिममा ३० प्रतिशत छुट

हितग्राही ग्राहकका लागि प्रभु क्यापिटलको बिशेष अफर, गोल्ड जिममा ३० प्रतिशत छुट



काठमाडौं । प्रभु क्यापिटलले आफ्नो हितग्राही ग्राहकको लागि विशेष छूट अफर सार्वजनिक गरेको छ । क्यापिटलमा डिम्याट खाता खोली सेवा लिईरहेका हितग्राही ग्राहकको लागि विशेष अफर ल्याउन प्रभु क्यापिटलले वियोन्ड फिट प्रालि (गोल्ड जिम)सँग सम्झौता गरेको हो ।

भदौ १९ गते आईतबार भएको उक्त छूट सम्झौता पछि प्रभु क्यापिटलका हितग्राहीले डिम्याट खातावालाले गोल्ड जिमबाट सेवा लिदा ३० प्रतिशत छूट पाउने भएका छन् । एकल वा जोडी जुनसुकै सदस्यता लिई वार्षिक, अर्धवार्षिक, त्रैमासिक वा मासिक रुपमा सेवा लिदा सो छूट पाउने प्रभु क्यापिटलले जानकारी दिएको छ ।

यो योजनाबाट लाभ लिन हितग्राहीले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनुपर्नेछ । यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छूट समझौताको मितिदेखि ३ महिनासम्म लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL