Logo

६ मर्चेन्ट बैंकरलाई विशिष्टीकृत कोष व्यवस्थापकको अनुमती, स्रोत परिचालन र वैदेशिक लगानी भित्र्याउन सहज

६ मर्चेन्ट बैंकरलाई विशिष्टीकृत कोष व्यवस्थापकको अनुमती, स्रोत परिचालन र वैदेशिक लगानी भित्र्याउन सहज



काठमाडौं । नेपाल धितोपत्र बोर्डले ६ ओटा मर्चेन्ट बैंकरलाई विशिष्टीकृत लगानी कोष अन्तर्गत कोष व्यवस्थापकको रूपमा काम गर्न अनुमती प्रदान गरेको छ । बोर्डले प्रभु क्यापिटल, एनआईबिएल एस क्यापिटल, एनएमबी क्यापिटल, लक्ष्मी क्यापिटल, नबिल ईन्भेष्टमेण्ट क्यापिटल, एनआईसी एसिया क्यापिटल सहित ६ वटा मर्चेन्ट बैंकरलाई उक्त अनुमतिपत्र प्रदान गरेको हो । बोर्डले यसअघि ग्लोबल ईक्विटी फण्ड र अवसर ईक्विटी फण्ड उक्त लाईसेन्स प्रदान गरेको थियो ।

laxmi

नयाँ थपिएको ६ संस्थासँगै विशिष्टीकृत लगानी कोष अन्तर्गत कोष व्यवस्थापकको रूपमा काम ८ ओटा कम्पनीले लाईसेन्स पाएका छन् । बोर्डले पुँजी तथा वस्तु बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्था बमोजिम कोष व्यवस्थापकको रुपमा काम गर्न उक्त लाईसेन्स प्रदान गरेको हो । नयाँ लाईसेन्स प्राप्त गरेको ६ ओटै मर्चेन्ट बैकरलाई बोर्डले आज अनुमतीपत्र हस्तातरण गरेको हो ।

अनुमतिपत्र पाएसँगै नवीनतम ज्ञान, सीप/क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई सञ्चालन गर्न स्वदेशी तथा बैदेशिक लगानीका भेञ्चर क्यापिटल, प्राइभेट इक्वीटी फण्ड, हेज भण्ड जस्ता उपकरणमार्फत् लगानीको नयाँ स्रोतको व्यवस्था गर्न सहयोग भएको छ ।

उक्त कोषमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, पेन्सन कोष, अन्तरराष्ट्रिय लगानीकर्ता तथा नेपाली तथा गैरआवासीय नेपाली लगायतले लगानी गर्न सक्नेछन् । जसबाट स्वदेशी श्रोत परिचालन भर्ई देशमा प्रत्यक्ष वैदेशिक लगानीलाई सहजीकरण र आकर्षित गरी समग्र पूँजी बजार विस्तार गर्न सहयोग पुग्नेछ भने राष्ट्रको समग्र व्यापार क्षेत्रको लागि यो लाभदायक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL