Logo

भदौ महिना मात्रै शुक्रबार नेप्से खुल्ने, त्यसपश्चात सातामा ५ दिनमात्रै कारोबार

भदौ महिना मात्रै शुक्रबार नेप्से खुल्ने, त्यसपश्चात सातामा ५ दिनमात्रै कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले भदौको महिनाभरी मात्रै शुक्रबार पनि कारोबार हुने बताएको हो । नेप्सेको आईतबार बसेको संचालक समितिको बैठकले अब भदौको २४ र ३१ गते बाहेक असोजदेखि शुक्रबार सेयर कारोबार नहुने निर्णय गरेको हो ।

laxmi

गत जेठ १ गतेदेखि शतिबार र आईतबार सार्वजनिक विदा दिने निर्णयअनुसार नेप्सेले पनि परिक्षणकालिन भन्दै सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार खुला गरेको थियो । त्यसपश्चात सरकारले आईतबारको विदा हटाएपछि नेप्सेले सेयर कारोबार पनि शुक्रबार २ घण्टा र शनिबारबाहेक सेयर कारोबार हुने व्यवस्था मिलाएको थियो । तर, अब असोजदेखि भने जेठ अघिकै व्यवस्थाअनुसार अर्थात हप्तामा ५ दिन आईतबारदेखि बिहीबारसम्म सेयर कारोबार गर्ने निर्णय भएको नेप्सेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL