Logo

बुधबार २१ अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब १२ करोडमा सिमित

बुधबार २१ अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब १२ करोडमा सिमित



काठमाडौं । पछिल्लो समय झिनो अंकले घटबढ हुँदै आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसुचक बुधबार २१.९७ अंकले घटेको छ । बिहानै देखि ओरालो यात्रा सुरु गरेको नेप्से अन्तिम समयमा दोहोरो अंकले घट्दै १९ सय ७३ को विन्दुमा आएर रोकिएको हो ।

laxmi

आज कारोबार समयभर २ सय २४ कम्पनीका २९ लाख ९२ हजार ८ सय ७३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब १२ करोड ६२ लाख १७ हजार ८ सय ६२ रुपैयाँ पुगेको छ ।

आज सबै समुहका परिसुचक ओरालो लाग्दा सबैभन्दा बढी गिरावट जीवन बीमा समुहको परिसुचकमा देखिन्छ । आज जीवन बीमा समुहको परिसुचकमा १३७ अंकको गिरावट आउँदा लघुवित्त समुहको परिसुचकमा ६६ अंकको गिरावट आएको छ ।

आज विकास बैंक समुहको परिसुचकमा ६५ अंकको गिरावट आउँदा यता उत्पादनमुलक समुहको परिसुचक ५० अंकले घटेको छ । बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा आज ७ अंकको गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL