Logo

Global_Ime

टाटा मोटर्स को ‘दशैँमा द–सही’ अफर सार्वजनिक, गाडी खरिदमा आकर्षक उपहार

टाटा मोटर्स को ‘दशैँमा द–सही’ अफर सार्वजनिक, गाडी खरिदमा आकर्षक उपहार



काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले ‘दशैंमा द सही अफर’ सार्वजनिक गरेको छ । कम्पनीले २०७९ सालको दशैंलाई थप उत्साहजनक बनाउन भन्दै उक्त अफर सार्वजनिक गरेको जानकारी दिएको छ ।
कम्पनीको उक्त योजना अन्तर्गत ग्राहकहरुले टाटा मोटर्सका कुनै पनि कमर्सियल गाडी (ट्रक, बस, टिपर, मिनी ट्रक, मिनी टिपर, एस, योद्धा, विङर, म्याजिक वा इन्ट्रा) खरिद गर्दा टिभी, फ्रिज, वासिङ मेसिन, ओभन, ल्यापटप वा मोबाइल मध्ये कुनै एक उपहार प्राप्त गर्न सक्नेछन् ।

Laxmi_sunrise
KBL

आफूले खरिद गरेको गाडीको सेग्मेन्ट अनुसार विभिन्न उपहार छानेर लिन सकिने कम्पनीले जानकारी दिएको छ ।
साथै यसमा एएमसी, एक्सचेञ्ज, रिप्लेसमेन्ट र फाईनान्सजस्ता सुविधाहरु पनि रहेका छन् ।

सिप्रदी ट्रेडिङको कमर्सियल भेहिकल बिजनेस युनिटका सिनियर जनरल म्यानेजर अनुपमणी ढकालका अनुसार, ‘हरेक वर्षझैँ यसपालीको आउदो दशैंलाई लक्षित गर्दै ग्राहकहरुको तर्फबाट अफर सम्बन्धि सकारात्मक प्रतिक्रिया आएका छन् र विशेष गरी ७०% सम्मको फाइनान्सले सबैको हौसला बढाएको उनले जनाएका छन् ।

कुन गाडीमा कुन अफर प्राप्त गर्न सकिन्छ, कहाँ कहाँ पाइन्छ आदि जस्ता विस्तृत जानकारीका लागि फेसबुक पेज ‘टाटा मोटर्स ट्रक्स एण्ड बसेस नेपाल’ हेर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
Sagarmatha_cement
MBL