Logo

१० करोडको कारोवार गर्दै सकियो अन्तरराष्ट्रिय मेला, अर्को मेला फागुन २४ देखि २८ सम्म

१० करोडको कारोवार गर्दै सकियो अन्तरराष्ट्रिय मेला, अर्को मेला फागुन २४ देखि २८ सम्म


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भृकुटी मण्डपमा चलेको अन्तरराष्ट्रिय व्यापार मेला सकिएको छ । ५ दिनसम्म चलेको उक्त मेलामा १ लाख ५०  हजार जनाभन्दा बढीले अवलोकन गरेको मेला आयोजक कमिटिले जानकारी दिएको छ ।

मेलामा प्रत्यक्षरुपमा करिव १० करोड रुपैयाँ बरावरको कारोवार भएको अनुमान गरिएको छ । विशेषगरी मेलाबाट चीन तथा भारतका कम्पनीहरुलाई नेपालमा व्यवसायिक सम्बन्ध स्थापना गर्न सहियोग गरेको आयोजकको दावी छ ।

राष्ट्रपतिबाट उद्घाटन भएको उक्त मेलामा, मन्त्री, सभासद्, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु, नेपालमा लागि भारतीय तथा बंगलादेशका राजदुत, उद्यमी व्यवसायीहरु, स्वदेशी एवं विदेशी अवलोकनकर्ताहरुले मेलाको अवलोकन गरेका थिए । आयोजक कमिटिले आगामी वर्षको लागि पनि मेलाको मिति तय गरेको छ । जस अनुसार २०७३ फागुन २४ देखि २८ गते भृकुटीमण्डपमा मेला हुने भएको छ ।

३ सय ५० वटा स्टलहरु रहेको उक्त मेलामा भारत, चीन, पाकिस्तान, वंगलादेशका उत्पादन तथा सेवाहरु प्रदर्शनी गरिएको थियो । मेलामा भारतको ७० वटा, चीनको ९० वटा, पाकिस्तानको २० वटा, वंगलादेशको ५ वटा स्टल रहेका थिए ।

मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण, शिक्षा, औषधिजन्य, फलाम तथा स्टीलका छुटछुट्टै स्टलहरु रहेका थिए । त्यसैगरी, मेलामा तयारी पोशाक, छाला तथा छालाजन्य उत्पादनहरु, नयाँ प्रविधि तथा उपकरणहरु, खाद्यान्न, फर्निचर, फेसन वेयर, होम डेकोर, सेवा क्षेत्रका विविध स्टलहरु मेलाका आकर्षण रहेका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL