Logo

आइतबार बढेको नेप्से फेरि ओरालो बाटोमा, १७.६६अंकले घट्दा कारोबार रकममा पनि गिरावट

आइतबार बढेको नेप्से फेरि ओरालो बाटोमा, १७.६६अंकले घट्दा कारोबार रकममा पनि गिरावट



काठमाडौं । साताको पहिलो कारोबार दिन उकालो लागेको सेयर बजार सोमबार पुनः घटेको छ । सोमबार बिहानैदेखि ओरालो लाग्न सुरु गरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक कारोबार समयको अन्तिममा १७.६६ अंकले घट्दै २१ सय ६ को विन्दुमा पुगेर रोकिएको हो ।

laxmi

सोमबार बजारमा कारोबार भएका समुहमध्ये उत्पादनमुलक र म्युचुअल फण्डबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् । जसमध्ये सबैभन्दा बढी गिरावट जीवन बीमा र विकास बैंक समुहको परिसुचकमा देखिन्छ । आज जीवन बीमा समुहको परिसुचक १०१ अंकले घट्दा विकास बैंक समुहको परिसुचकमा ५३ अंकको गिरावट आएको छ ।

बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा भने आज ६ अंकको गिरावट आउँदा लघुवित्त, वित्त र जलविद्युत समुहको परिसुचक क्रमशः १७, २४ र २६ अंकले घटेका छन् ।

आज दिनभर २ सय १४ कम्पनीका ६५ लाख २७ हजार ४ सय १४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ८५ करोड ७० लाख ७२ हजार रुपैयाँ पुगेको छ ।

बजार १७ अंकले घट्दा पनि आज गुराँस लघुवित्त र हिमालय जलविद्युत कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज शिवम सिमेन्टको सबैभन्दा बढी २० करोड ७१ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नबिल बैंकको १० करोड ८५ लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL