GBIME

इमर्जिङ नेपालको निमित्त प्रमुुख कार्यकारी अधिकृतमा रमेश बेल्वासे नियुक्त, मर्चेन्ट बैंकिङमा ४ बर्षको अनुभव


बिजखबर संवाददाता
7 August, 2022 2:16 pm

इमर्जिङ नेपालको निमित्त प्रमुुख कार्यकारी अधिकृतमा रमेश बेल्वासे नियुक्त, मर्चेन्ट बैंकिङमा ४ बर्षको अनुभव

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको निमित्त प्रमुुख कार्यकारी अधिकृतमा रमेश बेल्वासेलाई नियुक्त गरिएको छ । गत शुक्रबार कम्पनीको सञ्चालक समितिको ७०औं बैठकको निर्णय अनुसार साउन २० गते बाट नै लागू हुनेगरि उनलाई निमित्त प्रमुुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो ।

NLIC
Lamxi_bank

हिरोवट युनिभर्सिटी, युकेबाट बिबिए र मास्टर डिग्री गरेका बेल्वासेले नेपाल एसबीआई मर्चेण्ट एण्ड बैकिङ लिमिटेडमा लगानी प्रमुख भई ४ वर्ष काम गरेको अनुभव छ ।

मर्चेण्ट एण्ड बैकिङ क्षेत्रको राम्रो अनुभव भएका बेल्वासेलाई प्रमुखको जिम्मेवारी दिंदा संस्थागत विकासमा अगाडि बढ्ने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL