Logo

सीमाभन्दा बढीको सेयर धितोकर्जा नविकरण गर्दा शतप्रतिशत प्रोभिजनिङ, मारमा ठूला लगानीकर्ता

सीमाभन्दा बढीको सेयर धितोकर्जा नविकरण गर्दा शतप्रतिशत प्रोभिजनिङ, मारमा ठूला लगानीकर्ता



काठमाडौं । मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा (सिङ्गल अब्लिगर लिमिट) भन्दा बढीको कर्जा नविकरण गर्दा शतप्रतिशत प्रोभिजनिङ गर्नुपर्ने भएको छ । गत आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक सेयर धितो कर्जाको सिङ्गल अब्लिगर लिमिट १२ करोड रुपैयाँमा सिमित गरेको थियो । तर अबका दिनमा कुनै बैंक तथा वित्तीय संस्थाले उत्तः सीमाभन्दा बढीको सेयर धितो कर्जा नविकरण गर्दा शतप्रतिशत नोक्सानीको व्यवस्था गर्नुपर्नेछ ।

laxmi

यस अघि राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा एक बैंकबाट ४ करोड र बढीमा १२ करोड रुपैयासम्म लिन पाउने व्यवस्था गरेको थियो । तर चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ४ करोडको सीमा हटाउँदै एउटै बैंकबाट १२ करोड रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ ।

यस अघि राष्ट्र बैंकले २०७८ भदौं ८ गतेभन्दा अघि कुनै ऋणीलाई सीमाभन्दा बढी कर्जा प्रवाह भएको भए त्यस्तो कर्जालाई क्रमिक रुपले घटाउँदै लगी कर्जाको भुक्तानी अवधि वा सो मितिबाट एक वर्ष मध्ये जुन पहिले हुन्छ सो अवधि भित्र नियमित गरिसक्नु पर्ने व्यवस्था गरेको थियो । साथै यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह/नवीकरण गर्नु पर्नेछ । तर राष्ट्र बैंकले तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने व्यवस्था गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL