Logo

एनआइसी एशिया क्यापिटलका लगानीकर्तालाई ५५ प्रतिशत नगद लाभांस, ११ करोड रुपैयाँ बाँडिने

एनआइसी एशिया क्यापिटलका लगानीकर्तालाई ५५ प्रतिशत नगद लाभांस, ११ करोड रुपैयाँ बाँडिने



काठमाडौं । एनआईसी एशिया क्यापिटलले आफ्ना लगानीकर्तालाई ५५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । क्यापिटलको आईतबार सम्पन्न संचालक समितिको ११३ औं बैंठकले उक्त निर्णय गरेको हो ।

laxmi

यस्तै क्यापिटलको छैठौं वार्षिक साधारण आगामी भदौ ८ गते बुधबारका दिन बिहान ९ बजे गर्ने निर्णय भएको छ । उक्त वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने तथा संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५५ प्रतिशत (कर सहित) का दरले हुन आउने ११ करोड रुपैयाँ नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्नेलगायतका प्रस्तावहरु उपर छलफल गरि पारित गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL