Logo

केएल दुगड समुहको ज्ञान मखाना बजारमा, ब्रतको समयमा बढी उपभोग हुने

केएल दुगड समुहको ज्ञान मखाना बजारमा, ब्रतको समयमा बढी उपभोग हुने



काठमाडौं । केएल दुगड समुहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ज्ञान मखाना नेपाली बजारमा सार्वजनिक गरेको छ । यसअघि ज्ञान चक्की आटा, ज्ञान मैदा जस्ता उत्पादनहरु नेपाली बजारमा उपलब्ध गराउँदै आएको समुहले नेपाली बजारमा आफ्नो नयाँ उत्पादन सार्वजनिक गरेको हो ।
लिली फूलको बीउबाट बनाइने मखाना प्रोटिन र अन्य धेरै पोषक तत्वहरूले भरिपूर्ण हुन्छ । मखाना हल्का रोस्ट गरेर अथवा सिधै खान सकिने र ब्रतको समयमा बढी उपभोग हुने कम्पनीले उल्लेख गरेको छ । यसलाई खीर सहित विभिन्न स्वादिष्ट र मिठाई परिकार बनाउन प्रयोग गर्न सकिने कम्पनीले जानकारी दीएको छ ।
खाद्य प्रविधिका निकै अनुभवी र दक्ष विशेषज्ञहरुले विभिन्न तरिकाबाट यसको स्वाद र गुणस्तरको मापन परिक्षण गरी उपभोगको लागि योग्य रहेको कम्पनीले दावी गरेको छ ।
स्थानीय किराना पसलहरुका साथ ज्ञान मखानाका मुख्य डिपार्टमेन्ट स्टोरहरुमा २ सय ग्राम प्याकमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL