Logo

नेप्से परिसुचक १४ अंकको वृद्धिसँगै २ हजारको विन्दुमा, कारोबार रकम २ अर्ब ४१ करोड माथि

नेप्से परिसुचक १४ अंकको वृद्धिसँगै २ हजारको विन्दुमा, कारोबार रकम २ अर्ब ४१ करोड माथि



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बिहीबार १४.७१ अंकले उकालो लागेको छ । आज नेप्से परिसुचक दोहोरो अंकल उकालो लाग्दा विन्दु २ हजार १ मा पुगेर रोकिएको छ ।

laxmi

आज बिहानैदेखि उकालो यात्रा तय गरेपनि सेयरबजारले दिउँसो १ बजेको आसपासमा भने सामान्य अंकले ओरालो लागेको थियो । त्यसपश्चात लगातार बढेको बजारमा कुल २ सय २० कम्पनीका ६२ लाख १० हजार ९ सय ८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ४१ करोड १८ लाख ३४ हजार ५ सय ९९ रुपैयाँ पुगेको छ ।

आज सबै समुहको परिसुचकहरु उकालो लागेका छन् । जसमध्ये सबैभन्दा बढी लघुवित्त समुहको परिसुचक उकालो लागेको छ । आज लघुवित्त समुहको परिसुचक ५५ अंकले उकालो लाग्दा जलविद्युत समहुको परिसुचक ४७ अंकले बढेको छ ।

यस्तै आज उत्पादनमुलक समुहको परिसुचक ३७, विकास बैंक समुहको परिसुचक ३३ र निर्जीवन बीमा समुहको परिसुचक २८ अंकले उकालो लागेको छ ।

आज एनआइबीएल प्रगति फण्डको सेयरमूल्य करिव सकारात्मक सर्किट नजिक पुगेर रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL