Logo

फेरी बढ्यो अन्तरप्रदेश चल्ने गाडीको भाडा, कहाँ पुग्न कति ?

फेरी बढ्यो अन्तरप्रदेश चल्ने गाडीको भाडा, कहाँ पुग्न कति ?



काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढेसँगै लामो दुरीका सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले सोमबार राति एक सूचना जारी गर्दै लामो दुरीमा चल्ने यात्रुबाहक र मालवाहक सवारीसाधनको भाडादर बढाएको हो ।

laxmi

विभागका अनुसार आजैदेखि लागु हुनेगरी यात्रुवाहक सवारीसाधनको हालको भाडादरमा १.७९ प्रतिशतले बढेको छ भने पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनको भाडादर २.३४ प्रतिशतले बढाईएको छ । यस्तै तराईको बाटोमा चल्ने मालवाहक सवारीसाधनको भाडा साविकको भाडादरमा २.६ प्रतिशतले बढेको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि डिजेलको मूल्य प्रतिलिटर १ सय ९५ रुपैयाँबाट ओरालो लागेसँगै विभागले गाडी भाडा केहि घटाएको थियो । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य बढेपछि पुनः अन्तरप्रदेश चल्ने गाडीभाडा बढेको हो ।

[googleapps domain=”drive” dir=”file/d/1mQQDeCIVULNlCDyE66aj0i8awgfmwmIA/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL