Logo

शुक्रबार ३४.७० अंकले घट्यो नेप्से, कारोबार १ अर्ब १६ करोडमै सिमित

शुक्रबार ३४.७० अंकले घट्यो नेप्से, कारोबार १ अर्ब १६ करोडमै सिमित



काठमाडौं । साताको अन्तिम दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३४.७० अंकले ओरालो लागेको छ । पछिल्लो समय उच्च उत्तारचढाव भईरहेको नेप्से बिहीबार भने उच्च अंकले ओरालो लागेको हो । बिहानैदेखि ओरालो लागिरहेको नेप्सेमा उच्च अंकको गिरावट आउँदा नेप्से १९ सय ९२ को विन्दुमा आएर अड्किएको हो ।

laxmi

आज दिनभर २ स १७ कमपनीका ३० लाख ६३ हजार ४ सय ५३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब १६ करोड ८४ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।

आज सबै समुहको परिसुचक ओरालो लाग्दा सबैभन्दा बढी गिरावट भने जीवन र निर्जीवन बीमा समुहको परिसुचकमा देखिन्छ । आज जीवन बीमा समुहको परिसुचक १९३ अंकले ओरालो लाग्दा निर्जीवन बीमा समुहको परिसुचकमा १२१ अंकको गिरावट आएको छ । यस्तै आज जलविद्युत समुहको परिसुचक ५९ अंकले घट्दा विकास बैंक समुहको परिसुचक ९४ अंकले ओरालो लागेको छ । बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा १५ अंकको गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL