Logo

बिहीबार १६.६० अंकले घट्यो नेप्से, १ अर्ब ८० करोडको कारोबार

बिहीबार १६.६० अंकले घट्यो नेप्से, १ अर्ब ८० करोडको कारोबार



काठमाडौं । बिहीबार सेयर बजार परिसुचक नेप्से १६.६० अंकले ओरालो लागेको छ । कारोबार समयको सुवातिदेखि नै ओरालो लागेको नेप्से अन्तिममा २०२७ को विन्दुमा झरेर रोकिएको हो ।

laxmi

आज बजारमा कारोबार भएको म्युचुअल फण्डबाहेक सबै समुहको परिसुचक ओरालो लागेका छन् । आज ओरालो लाग्ने समुहमध्ये सबैभन्दा बढी जीवन बीमा समुह रहेको छ । आज जीवन बीमा समुहको परिसुचक ११५ अंकले घट्दा विकास बैंक समुहको परिसुचक ४६ अंकले ओरालो लागेको छ ।

यस्तै आज उत्पादनमुलक समुहको परिसुचक ४३ अंकले ओरालो लाग्दा लघुवित्त समुहको परिसुचकमा ३७ अंकको गिरावट आएको देखिन्छ । बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा बिहीबार ८ अंकको गिरावट आएको छ ।

आज दिनभर २ स २९ कमपनीका ४७ लाख ११ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ८० करोड ६२ लाख रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL