काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको महान चाड दसैं, तिहार तथा छठलगायतका पर्वहरुको अवसरमा आफ्ना ग्राहकका लागि ‘दसैं–तिहार–छठ अफर २०८२’ सार्वजनिक गरेको छ।
कम्पनीले असोज ६ गतेदेखि सुरु हुने सो अफर अन्तर्गत एफटीटीएच जडानमा छुटसहित मोबाइल सेवामा विभिन्न भ्वाइस र डाटा प्याकेज उपलब्ध गराउने भएको हो।
अफर अनुसार असोज ६ देखि ३१ गतेसम्म नयाँ एफटीटीएच जडान गर्ने ग्राहकले जडान शुल्क ५०० रुपैयाँ मिनाहा पाउनेछन्। त्यस्तै, जीएसएम सेवाका ग्राहकका लागि ४९९ रुपैयाँमा ५ जीबी फेस्टिभल अनलिमिटेड प्याकेज र ६९९ रुपैयाँमा १० जीबी फेस्टिभल अनलिमिटेड प्रिमियम डाटा प्याकेज उपलब्ध हुनेछ।
फेस्टिभल अनलिमिटेड प्याकेजमा तोकिएको ५ जीबी डाटा खपत भएपछि बाँकी अवधिमा २ एमबीपीएस गतिमा अनलिमिटेड सेवा प्रयोग गर्न सकिनेछ भने प्रिमियम प्याकेजमा दैनिक १० जीबी खपत भएपछि बाँकी अवधिमा ३ एमबीपीएस गतिमा अनलिमिटेड प्रयोग गर्न सकिनेछ।
यसैगरी, कम्पनीले २५० रुपैयाँमा १००० मिनेट अल–नेट भ्वाइस सुविधा सहितको ‘जोयफूल मिनेटस्’ प्याकेज र ९९ मा १००० अन–नेट एसएमएससहितको ‘फेस्टिभ म्यासेज प्याकेज’ समेत सञ्चालनमा ल्याएको छ। यी प्याकेजहरुको अवधि प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड प्रयोगकर्ताका लागि ३० दिन तोकिएको छ।
डाटा तथा भ्वाइस प्याकेज असोज ६ देखि २० गतेसम्म र कार्तिक १ देखि १० गतेसम्म खरिद गर्न सकिनेछ। ग्राहकले ज्ञद्धज्ञछज्ञज्ञ३ डायल गरी वा नेपाल टेलिकम एप प्रयोग गरी प्याकेज सक्रिय गर्न सक्नेछन्।