Logo

नेप्से परिसुचक पुरै हरियो, बुधारबार ७ अंकले बढ्यो

नेप्से परिसुचक पुरै हरियो, बुधारबार ७ अंकले बढ्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२४ मंसिर, काठमाडौं । लामोसमयदेखि ओरालो लागेको नेप्से परिसुचक बुधबार उकालो लागेको छ । बुधबार परिसुचक ६ दशमलव ७८ अंकले बढेर ८ सय ५५ दशमलव ५१ अंकमा पुगेर अडिएको छ ।

बुधबार बजारमा सवैभन्दा बढी बीमा समुहको परिसुचक बढेको छ । उक्त समुहको परिसुचक ३० अंकले बढेको छ । यसैगरी जलविद्युत् समुहको परिसुचक पनि १६ दशमलव ९४ अंकले बढेको छ । बैंकिङ समुहको परिसुचक पनि ८ दशमलव २२ अंकले बढेको छ भने होटल समुह ८ दशमलव ११ अंकले बढेको छ । बुधवार बजारमा सवै समुहका परिसुचक उकालो लागेको छ ।

बजारमा परिसुचक उकालो लागेपनि कारोवार रकम भने बढेन । बुधाबार १३ करोड १२ लाख रुपैयाँ बरावरको ३ लाख ६२ हजार कित्ता सेयर मात्र कारोवार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL