Logo

नेप्से ३७ अंकले उकालो लाग्दा सबै समूहको परिसूचक बढ्यो, कारोबार रकम १ अर्ब २३ करोड

नेप्से ३७ अंकले उकालो लाग्दा सबै समूहको परिसूचक बढ्यो, कारोबार रकम १ अर्ब २३ करोड



काठमाडौं । लगातार घटिरहेको सेयर बजारमा मंगलबार भने हरियाली छाएको छ । कारोबार समयको सुरुवातदेखि नै उकालो यात्रा कायम गरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक मंगलबार ३७.४९ अंकले उकालो लागेको हो । १८ सय को विन्दुबाट पनि तल झरिसकेको बजार मंगलबार सम्हालिँदै १९२२.३० को विन्दुमा उक्लिएको छ ।

laxmi

आज दिनभर भएको कारोबारमा सबै समुहका परिसुचकहरु उकालो लागेका छन् । जसमध्ये सबैभन्दा बढी वृद्धि जीवन र निर्जीवन बीमा समुहको परिसुचकमा देखिन्छ । आज जीवन बीमा समुहको परिसुचक २०४ अंकले उकालो लाग्दा निर्जीवन बीमा समुहको परिसुचकमा १४९ अंकको वृद्धि देखिन्छ ।

यस्तै आज विकास बैंक समुहको परिसुचक १२१ अंकले उकालो लाग्दा उत्पादनमुलक समुहको परिसुचक ८६ अंकले बढेको छ । यस्तै आज लघुवित्त समुहको परिसुचक ८७ अंकले उकालो लाग्दा बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक १५ अंकले उकालो लागेको छ ।

आज दिनभर २३१ कम्पनीका ३७ लाख १२ हजार ७ सय ४६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब २३ करोड ८५ लाख १८ हजार रुपैयाँमा सिमित भएको छ । सोमबार कारोबार रकम १ अर्ब ७५ करोड नाघेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL