Logo

नेप्सेको ओरालो यात्रा कायमै, बजारमा खरिदकर्ता नहुँदा कारोबार एक अर्ब तलै

नेप्सेको ओरालो यात्रा कायमै, बजारमा खरिदकर्ता नहुँदा कारोबार एक अर्ब तलै



काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १५ दशमलव ८२ अंकले ओरालो लागेको छ । पछिल्लो समय लगातार घटिरहेको बजारले सोमबार पनि निरन्तरता पाउँदा नेप्से विन्दु २०३२ मा पुगेर रोकिएको छ । आज बजारमा कारोबार भएका सबैजसो समुहका परिसुचक ओरालो लागेका छन् ।

laxmi

जसमध्ये सबैभन्दा बढी गिरावट भने जीवन बीमा समुहको परिसुचकमा देखिन्छ । आज जीवन बीमा समुहको परिसुचक १४० अंकले घट्दा निर्जीवन बीमा समुहको परिसुचकमा १०२ अंकको गिरावट आएको छ ।

यस्तै आज उत्पादनमुलक समुहको परिसुचक ५१ अंकले ओरालो लाग्दा होटल तथा पर्यटन समुहको परिसुचक ३५ अंकले घटेको छ । सोमबार जलविद्युत, लघुवित्त, वित्त र विकास बैंक समुहको परिसुचकमा क्रमशः ५, २८, १७ र १६ अंकको गिरावट आउँदा बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा ११ अंकको गिरावट आएको छ ।

आज दिनभर २ सय ३० कम्पनीका २९ लाख २० हजार ७०५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने ९९ करोड ८६ लाख ७४ हजारमै सिमित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL