Logo

साताको पहिलो दिन १२.९२ अंकले घट्यो नेप्से, १ अर्ब २७ करोडको कारोबार

साताको पहिलो दिन १२.९२ अंकले घट्यो नेप्से, १ अर्ब २७ करोडको कारोबार



काठमाडौं । साताको पहिलो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १२.९२ अंकले घटेको छ । पछिल्लो समय लगातार घटिरहेको बजारले आज पनि निरन्तरता पाएको हो । यससँगै नेप्से विन्दु २०६५ मा पुगेर रोकिएको छ ।

laxmi

दिनभरको कारोबारमा २ सय २८ कम्पनीका ४४ लाख ९ हजार ६ सय ९१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब २७ करोड ३३ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।

आज ६ समुहको परिसुचक बढ्दा लाग्दा अन्य ७ समुहको परिसुचक ओरालो लागेको छ । आज ओरालो लागेका समुहमध्ये सबैभन्दा बढी गिरावट बीमा समुहमा देखिन्छ । आज जीवन बीमा समुहको परिसुचक १९८ अंकले घट्दा निर्जीवन बीमा समुहको परिसुचक ४९ अंकले घटेको छ ।

यस्तै बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा १९ अंकको गिरावट आउँदा जलविद्युत समुहको परिसुचक ५ अंकले घटेको छ । तर, आज उकालो लाग्ने समुहको परिसुचकहरुमा भने सामान्य अंकको वृद्धि देखिन्छ ।

आज लघुवित्त र उत्पादनमुलक समुहको परिसुचक क्रमशः २२ र २१ अंकले बढ्दा विकास बैं समुहको परिसुचकमा ११ अंकको वृद्धि देखिन्छ । आज उपकार लघुवित्त र बलेफी जलविद्युत कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा हिमालयन बैंकको सेयरमूल्य ९.९९ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL