काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला २ लाख नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ९९ हजार रुपैयाँ पुगेको हो ।
यस्तै आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार मंगलबार प्रतितोला २ हजार ३ सय ६० रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ हजार ३ सय ४५ रुपैयाँ कायम भएको हो ।