Logo

कृषि विकास बैंकको अध्यक्षमा डिमप्रसाद पौडेल नियुक्त

कृषि विकास बैंकको अध्यक्षमा डिमप्रसाद पौडेल नियुक्त



काठमाडौं । कृषि विकास बैंकको सञ्चालक समिति अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त भएका छन् ।

अर्थमन्त्रालयले सञ्चालक नियुक्त गरेपछि कृषि विकास बैंक सञ्चालक समितिको बुधबार बिहान बसेको बैठकले पौडेललाई अध्यक्ष चयन गरेको हो ।

यसअघिका अध्यक्ष रामशरण पुडासैनीलाई सरकारले प्रशासनिक प्रशिक्षण प्रतिष्ठान(स्टाफ कलेज)मा नियुक्त गरेपछि बैंक अध्यक्ष पद रिक्त थियो ।

पौडेलले यस अघि नेपाल वायुसेवा निगमको महाप्रबन्धकको जिम्मेवारी सम्हालिसकेको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्