Logo

भिभो ‘भि२३’ सिरिजका स्मार्टफोन नेपाली बजारमा, के छन् विशेषता ?

भिभो ‘भि२३’ सिरिजका स्मार्टफोन नेपाली बजारमा, के छन् विशेषता ?



काठमाडौं । भिभोले क्यामेरा र नवीनता केन्द्रित भी सिरिज अन्तर्गतका स्मार्टफोनहरु नेपाली बजारमा सार्वजनिक गरेको छ । भी सिरिजका फोनहरु सार्वजनिक भएसंगै यी स्मार्टफोनहरू बजारमा निकै चर्चित बनेको कम्पनीले जानकारी दिएको छ । यी स्मार्टफोनलाई लोकप्रिय बनाउने मुख्य विशेषताहरु छन् ।

laxmi

भिभोलाई यसको क्यामेरा प्रविधिले अन्य स्मार्टफोनहरू भन्दा भिन्न बनाएको छ । हालै नेपाली बजारमा उपलब्ध भएको भी सिरिजले मोहक तस्वीरहरू, भिडियोहरू, अल्ट्रा–वाइड ल्यान्डस्केपहरू, सेल्फीहरू लगायत खिच्छन् । भी२३ फाइभजीमा आई अटोफोकस र कस्टुमाइज्ड जेएनभी सेन्सरको साथ ५०एमपी पोट्र्रेट सेल्फी प्रयोग गरेर हाइपर–क्लियर पोट्र्रेट/तस्वीर खिच्न सकिन्छ ।

स्मार्टफोनमा डुअल टोन स्पटलाइट र अगाडि एआई एक्स्ट्रिम नाइट पाट्र्रेट रहेको छ जसले अँध्यारो वातावरणमा एकदमै स्पष्ट र क्लियर शटहरू क्लिक गर्न सक्छ । भी२३ फाइभजीको ट्रिपल रियर क्यामेरा मोड्युलको बारेमा कुरा गर्दा, यसमा ६४एमपी जीडब्लू१ सुपर–सेन्सिङ क्यामेरा, ८एमपी वाइड–एंगल क्यामेरा र २एमपी म्याक्रो क्यामेरा सँगै सुपर नाइट मोड छन् । यी फिचरहरुको साथ सामग्री सिर्जनाकर्ताहरूले सोशल मिडिया पोष्ट गर्ने तस्वीरको गुणस्तरको बारेमा चिन्ता गर्नुपर्दैन ।

भी२३ई भिभोले सार्वजनिक गरेको एक सर्वोत्कृष्ट मोडल हो । यस स्मार्टफोनमा ५० एमपी अटोफोकस पाट्र्रेट सेल्फी क्यामेरा रहेको छ । जसलाई हाल बजारमा सबैभन्दा शक्तिशाली मानिन्छ । भी२३ई मा आइसोशेल ३।० रहेको छ जसले प्रकाशको संवेदनशीलतालाई सुधार गर्छ । पछाडिको भागमा, भी२३ई मा ६४ एमपी नाइट क्यामेरा, ८ एमपी सुपर वाइड–एंगल क्यामेरा र २ एमपी म्याक्रो क्यामेराको ट्रिपल क्यामेरा सेटअप छ र यसको सुपर नाइट मोडले प्रकाश र छायाको सन्तुलन मिलाएर जीवन्त तस्वीरहरु कैद गर्दछ । भी२३ई मा स्ट्यान्डर्ड स्टेबिलाइजेसन पनि छ जसले भिडियो सिर्जनाकर्ताहरू, भ्लगरहरूलाई हल्लिएको र ब्लरबाट मुक्त भिडियोहरू शूट गर्न अनुमति दिन्छ ।

७।३९एमएम अल्ट्रा स्लिम बडी र मेटल फ्ल्याट फ्रेम डिजाइनमा सुसज्जित भी२३ फाइभजी विलासिताको प्रतीक हो । यसमा भएको फ्लोराइट एजी ग्लासले सूर्यको किरणमा रंग परिवर्तन गर्दछ जसले फोनलाई अझ बढि आकर्षक बनाएको छ ।

७।३६एमएम अल्ट्रा स्लिम एजी डिजाइनको साथ भी२३ई अझ पातलो र हल्का छ । उत्कृष्ट डिजाइन र स्लीक बिल्डको साथ भी२३ई फेसन पारखीहरूका लागि तिनीहरूको स्टाइलिश पोशाक र सुरुचिपूर्ण लुकलाई समादर गर्दछ । साथै, फोन चलाउँदा प्रयोगकर्ताहरुलाई निकै रेशमी स्पर्शको अनुभव प्रदान गर्छ । भी२३ई ले सदाबहार उत्कृष्ट डिजाइन र स्टाइलका साथ स्मार्टफोनबाट उपभोक्ताका अपेक्षाहरूलाई पुनः परिभाषित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL