Logo

साताको अन्तिम दिन ३७ अंकले घट्यो नेप्से, १ अर्ब ६५ करोड पुग्यो कारोबार रकम

साताको अन्तिम दिन ३७ अंकले घट्यो नेप्से, १ अर्ब ६५ करोड पुग्यो कारोबार रकम



काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३७ अंकले ओरालो लागेको छ । पछिल्लो समय लगातार ओरालो लागिरहेको बजारले आज पनि निरन्तरता पाउँदा परिसुचकमा दोहोरो अंकको गिरावट आएको हो ।
परिसुचक दोहोरो अंकले घट्दा नेप्से विन्दु २२ सय ३८ मा पुगेको छ ।

laxmi

आज बजारमा कारोबार भएका सबै समुहका परिसुचक ओरालो लागेका छन् । सबैभन्दा बढी गिरावट निर्जीवन बीमा समुहको परिसुचकमा देखिन्छ । बिहीबार निर्जीवन बीमा समुहको परिसुचक २६५ अंकले घट्दा जीवन बीमा समुहको परिसुचक १६० अंकले घटेको छ ।

यस्तै आज विकास बैंक समुहको परिसुचक ८८ अंकले घट्दा लघुवित्त समुहको परिसुचकमा ७३ अंकको गिरावट आएको छ । बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ सकुहको परिसुचक बिहीबार १६ अंकले घट्दा जलविद्युत, व्यापार, म्युचुअल फण्ड, वित्तलगायतका समुहको परिसुचकमा पनि दोहोरो अंकको गिरावट आएको छ ।

आज दिनभर २ सय ३२ कम्पनीका ४६ लाख ७४ हजार ९ सय ४० कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ६५ करोड ४५ लाख ६२ हजार ४७३ पुगेको छ ।

आज बजारमा कारोबार भएका कम्पनीहरुमध्ये जाल्पा लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL