Logo

एसइइ दिएका विद्यार्थीलाई अन्नपूर्ण केबुलकारको अफर, टिकट खरीदमा ५० प्रतिशत छुट

एसइइ दिएका विद्यार्थीलाई अन्नपूर्ण केबुलकारको अफर, टिकट खरीदमा ५० प्रतिशत छुट



काठमाडौं । अन्नपूर्ण केबुलकारले एसइइ दिई बसेका र नव विवाहित जोडीलाई लक्षीत गर्दै केबुलकार चढ्दा छुट दिने अफर सार्वजनिक गरेको छ । भर्खरै एसइइ दिई बसेका छात्रछात्राहरुलाई ५० प्रतिशत छुट प्रदान गर्नुका साथै नव विवाहित जोडीका लागि १ टिकटको खरीदमा अर्काे एक टिकट निःशुल्क प्रदान गर्ने गरी कम्पनीले उक्त अफर सार्वजनिक गरेको हो ।

laxmi

आगामी दिनमा उच्च शिक्षा अध्ययन गर्नका लागि प्रोत्साहन गर्ने र मेहेनती हातहरुलाई अझ मेहनती बन्नका लागि उर्जा प्रदान गर्दै केही समय भएपनि रमाइलो बनाउने उद्देश्यका साथ यो अफर संचालनमा ल्याएको कम्पनीको भनाई छ ।

उक्त योजनामा सहभागी हुनका लागि विद्यार्थीहरुले यस वर्ष एसइइ परीक्षामा सामेल भएको परीक्षा प्रवेश पत्र अनिवार्य देखाउनु पर्नेछ । यो योजना वैशाख ३० सम्म लागु हुने कम्पनीले जानकारी दिएको छ ।

यसका साथै नव विवाहित जोडीका लागि पनि अन्नपूर्ण कम्पनीले विशेष अफरको घोषणा गरेको छ । जस अन्तरगत १ टिकटको खरीदमा अर्काे एक केबुलकार टिकट निःशुल्क प्रदान गरिनेछ । उक्त योजनामा सहभागी हुन नव विवाहित जोडीले आफु विवाहित भएको विवाह कार्ड अनिवार्य देखाउनु पर्नेछ । यो योजना २०७९ असार मसान्तसम्म लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL