Logo

कार्यान्वयनमा आयो मार्जिन कारोबार सुविधा, औषत गणना विधि र मार्जिन सीमा घट्यो (कार्यविधि सहित)

कार्यान्वयनमा आयो मार्जिन कारोबार सुविधा, औषत गणना विधि र मार्जिन सीमा घट्यो (कार्यविधि सहित)



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले मार्जिन कारोबार सुविधा कार्यान्यनमा ल्याएको छ । धितोपत्र बोर्डले स्वीकृत गरेको १ बर्षपछि नेप्सेले मार्जिन कारोबार सम्बन्धी कार्यविधिलाई कार्यान्यनमा ल्याउँदै ब्रोकरलाई मार्जिन सुविधा उपलब्ध गराउन बाटो खुला गरिदिएको हो ।

laxmi

यस अघि नेप्सेले मार्जिन कारोबार सम्बन्धी कार्याविधि २०७५ जारी गरेको थियो । सोही कार्यविधिलाई संसोधन गर्दै धितोपत्र दलालाई मार्जिन कारोबारका लािग बाटो खुला गरिदिएको हो । पछिल्लो समय सेयर बजार ओरालो लाग्ने क्रम नरोकिएपछि बजारलाई केही सहजता ल्याउन उक्त कार्यविधिमा केही लचकता अपनाउँदै परिमार्जन गरिएको छ ।

परिमार्जन अनुसार धितोपत्रको औसत मूल्य गणना अवधिलाई १८० दिनबाट घटाएर १२० दिनमा झारिएको छ । यसैगरी धितोपत्र दलाल कम्पनीले लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउँदा प्रारम्भिक मार्जिन सीमा ५० प्रतिशत लिने व्यवस्थालाई घटाएर ३० प्रतिशतमा झारिएको छ ।

ब्रोकरले अबका दिनमा कारोबार सुविधा उपलब्ध गराउन सम्बन्धित सुचिकृत संगठित संस्थाको सेयरको १२० दिनको औषत मूल्य वा बजार मूल्य मध्ये जुन कम हुन्छ सो को तीस प्रतिशतले हुन आउने रकम ग्राहकसंग प्रारम्भिक मार्जिन को रुपमा लिनु पर्नेछ । तर, धितोपत्र दोस्रो बजारको अवस्था तथा सम्बन्धित धितोपत्रमा हुन सक्ने निहित जोखिमलाई ध्यानमा राखि सदस्य दलाल व्यवसयाीले ३० प्रतिशत भन्दा बढी प्रारम्भिक मार्जिन लगानीकर्तासंग लिन सक्ने उक्त कार्यविधीमा उल्लेख छ ।

यसैगरी नेप्सेले मार्जिन कारोबारका लागि सुचिकृत कम्पनीहरुको धितोपत्रमा लगाएको सीमा समेत हटाएको छ । अबका दिनमा मार्जिन कारोबार सुविधा पाउनका लागि लगानीकर्ताले दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तिमा असी प्रतिशत कारोबार दिनमा सेयर कारोबार भएको तथा आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारण सभा सम्पन्न गरेको हुनुपर्नेछ ।

त्यसैगरी धितोपत्र दलाल कम्पनीले लगानीकर्ताबाट लिदै आएको चालिस प्रतिशत सम्भार मार्जिन घटाएर २० प्रतिशतमा झारेको छ । सदस्य दलाल व्यवसायीले बजारको अवस्था तथा जोखिम हेरी लगानीकर्ताबाट मार्जिन खातामा प्रत्येक दिन कारोबारको अन्तिम मूल्यको आधारमा २० प्रतिशतमा वास्तविक मार्जिन कायम गर्नु पर्नेछ व्यवस्था गरेको छ । यसभन्दा अघि यस्तो व्यवस्था ४० प्रतिशत थियो ।

तर मार्जिन कारोबार सुविधा उपभोग गर्ने लगानीकर्ताको मार्जिन खाताको वास्तविक मार्जिन २० प्रतिशत भन्दा कमभएमा ब्रोकरल मार्जिन कल गर्न सक्नेछ । तर यसअघि यस्तो सीमा ४० प्रतिशत रहेको थियो ।

[googleapps domain=”drive” dir=”file/d/1plHbSS-SzQ9EiCK9NC8PTyy1JARgaCbK/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL