Logo

महावलेश्वर डेरीको रेभा र एमडिआई ब्राण्डका मिल्क ड्रिंक्स बजारमा, विदेशी उत्पादनलाई प्रतिस्थापन गर्ने

महावलेश्वर डेरीको रेभा र एमडिआई ब्राण्डका मिल्क ड्रिंक्स बजारमा, विदेशी उत्पादनलाई प्रतिस्थापन गर्ने



काठमाडौं । रुपन्देहीको महावलेश्वर डेरी एण्ड वेभरेज इण्डष्ट्रिजले रेभा, एमडिआई ब्राण्डको मिल्क ड्रिंक्स बजारमा ल्याएको छ । नेपालको औद्योगिक नगरी बुटवलमा २०५२ सालमा स्थापित पवित्र डेरी उद्योगको अर्को व्यवसायिक प्रतिष्ठानका रुपमा स्थापना गरिएको उक्त उद्योगले आफ्ना उत्पादनहरु नेपालभरी अधिकुत बिक्रेता मार्फत बिकी्र वितरण शुरु गरेको हो ।

laxmi

यसैक्रममा उद्योगले शुक्रवारबाट काठमाण्डौंमा पनि आफ्नो उत्पादनको विक्रि वितरण शुरु गरेको हो । पवित्र डेरी उद्योगको अर्को परियोजनाको रुपमा बुटवल उपमहानगरपालिका वार्ड नं. १४मा स्थापित महावलेश्वर डेरी एण्ड वेभरेज इण्डष्ट्रिज २०७८ साल चैत देखि सञ्चालनमा आएको हो । उद्योगले स्वदेशमै गुणस्तरीय सामानहरु उत्पादन गरी सर्वसुलभ दरमा आफ्ना उपभोक्ताहरुको माझमा पुर्याउने लक्ष्य लिएको शुक्रवार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलन, डिलर भेटघाट तथा प्रडक्ट लञ्च कार्यक्रममा उद्योगका प्रबन्ध निर्देशक मेघराज भण्डारीले जानकारी दिए ।

उद्योगले नेपालमा उत्पादनन हुने टिनको क्यानबाहेक अन्य सामाग्रीहरु स्वदेशी नै प्रयोग गरेको र समग्र साधन स्रोतको परिचालनमा ८० प्रतिशत स्थानीय र २० प्रतिशत आयात गरी उद्योग सञ्चालन गरिएको संचालक भण्डारीले जानकारी दिए ।
यसबाट विदेशी उत्पादन आयात कम भई देशको व्यापार घाटालाई कम गर्न सहयोग गर्ने उनको भनाई छ । तर क्यानमा लाग्दै आएको भ्याट बढि भएकोले सरकारले यसमा शतप्रतिशत छुट तथा भन्सार महशुल करलाई १ प्रतिशत घटाएर बनाएमा विदेशी उत्पादनसगँ प्रतिस्पर्धा गर्नका लागि सहज हुने उनको धारणा छ ।

यसैबीच कार्यक्रममा नेपाल डेरी एशोसिएसन अध्यक्ष राधाकृष्ण सापकोटाले नेपालमा अबौं रुपैयाको दुग्धजन्य पदार्थ आयात गरेको उल्लेख गर्दै त्यस्ता चिजहरुको आयात प्रतिस्थापन गर्न पनि यस्ता उद्योगको प्रर्वधन आवश्यक रहेको बताए । वाग्मती प्रदेशका सुपर डिलर केशव मैनालीले विदेशी उत्पादन भन्दा महाबलेश्वरको स्वदेशी उत्पादन उत्कृष्ट रहेको बताए । कम्पनीका नेशलन सेल्स म्यानेजर ऋषि अधिकारीले कम्पनीले गुणस्तरलाई ध्यान दिँदै प्रडक्ट उत्पादन गरेको र यो उत्पादनले छोटो समयमा नै उपभोक्ताको मन जितेको बताए ।

उद्योगले २०७५ सालमा माघ १० गते स्ट्रलाइज बदाम मिल्क बनाउने उदेश्यले २० करोडको लागानीमा बुटबल १४ रुपन्देहीमा महावलेश्वर डेरी एण्ड वेभरेज ई.प्रा.लि. स्थापना गरेको हो । २०७८ माघ देखि आफ्नो उत्पादन सुरु गरेको यस उद्योगले दैनिक २ हजार लि. दुग्ध प्रशोधन गर्दै १२ हजार क्यान बदाम मिल्क उत्पादन गर्दछ । हाल यस उद्योगमा ३० जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिदै आएको छ । हाल यस उद्योगबाट उत्पादित रेवा र एमडीआई ब्राण्डका बदाम मिल्क नेपालभर मुख्य शहरहरु पूर्व मेची देखी पश्चिम महाकालीलगायत पोखरा काठमाण्डौंसम्म विभिन्न डिलरहरुर्माफत बिक्रि वितरण हुदै आएको छ ।

यस उद्योगसंग जोडिएका करीब ५ सय किसान परीवारहरुलाई प्रत्येक १५÷१५ दिनमा आफ्नो दुधको भुक्तानी दिने व्यवस्था मिलाइएको छ । उनीहरु सहकारी बचत कार्यक्रममा पनि सहभागी छन् । उनिहरुलाई दुग्ध व्यवसाय राम्रो जिवन गुजाराको माध्यम बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL