Logo

साताको अन्तिम कारोबार दिन २० अंकले घट्यो नेप्से, कारोबार रकममा सुधार

साताको अन्तिम कारोबार दिन २० अंकले घट्यो नेप्से, कारोबार रकममा सुधार



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १९.९७ अंकले घटेको छ । बिहानैदेखि ओरालो लागेको परिसुचक अन्तिम समयमा दोहोरो अंकसहित ओरालो लाग्दा २३५६ को विन्दुमा पुगेर रोकिएको हो ।

laxmi

बिहीबार कुल २ सय २६ कम्पनीका ४५ लाख ७४ हजार ५ सय २० कित्ता सेयर किनबेच भएका छन् । आज कारोबार रकम भने १ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ ४६ हजार रुपैयाँ पुगेको छ ।

आज बजारमा कारोबार भएका सबै समुहको परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी गिरावट जीवन बीमा समुहको परिसुचकमा छ । आज जीवन बीमा समुहको परिसुचक १५५ अंकले घट्दा उत्पादनमुलक र विकास बैंक समुहको परिसुचकमा ७४ अंकको गिरावट आएको छ ।

साथै आज निर्जीवन बीमा समुहको परिसुचकमा ४१ अंकको गिरावट आउँदा लघुवित्त समुहको परिसुचकमा ३९ अंकको पहिरो गएको छ । बजारमा धेरै प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा बिहीबार ६ अंकको गिरावट आउँदा जलविद्युत समुहको परिसुचक २३ अंकले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL