Logo

५.१७ अंकले उकालो लाग्यो नेप्से, कारोबार रकम १ अर्बमै सिमित

५.१७ अंकले उकालो लाग्यो नेप्से, कारोबार रकम १ अर्बमै सिमित



काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ५ दशमलव १७ अंकले उकालो लागेको छ । लगातार घटिरहेको सेयर बजार परिसुचक नेप्से बुधबार तिव्र उत्तारचढावका बीच उकालो लागेको हो । परिसुचक उकालो लागेपछि नेप्से विन्दु २३ सय ७६ को विन्दुमा पुगेको छ ।

laxmi

बुधबार दिनभर भएको कारोबारमा २ सय २८ कम्पनीका २८ लाख ८५ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ८ करोड ९९ लाख ९२ हजार रुपैयाँ पुगेको छ ।

आज समुहगत परिसुचकमध्ये बैंकिङ, लघुवित्त, म्युचुअल फण्ड र व्यापारबाहेकका समुहको परिसुचकहरु उकालो लागेका छन् । आज ओरालो लाग्ने समुहमध्ये बैंकिङ समुहको परिसुचक २ अंकले, व्यापारको ५ अंकले, लघुवित्तको ३ अंकले र म्युचुअल फण्ड समुहको परिसुचक ०.१ अंकले ओरालो लागेका छन् ।

यस्तै आज विकास बैंक समुहको परिसुचकमा सबैभन्दा बढी ७५ अंकको वृद्धि आउँदा होटल तथा पर्यटन समुहको परिसुचकमा ३६ अंकको वृद्धि देखिन्छ । यता निर्जीवन बीमा समुहको परिसुचक ३० अंकले बढ्दा उत्पादनमुलक समुहको परिसुचकमा २२ अंकको वृद्धि देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL