Logo

३० अंकले बढ्दै यो बर्षका लागि बन्द भयो सेयर बजार, कारोबार रकम १ अर्ब ४७ करोडमा सिमित

३० अंकले बढ्दै यो बर्षका लागि बन्द भयो सेयर बजार, कारोबार रकम १ अर्ब ४७ करोडमा सिमित



काठमाडौं । बर्षको अन्तिम दिन बुधबार सेयर बजार ३० दशमलव २४ अंकले बढेर बन्द भएको छ । अघिल्ला दिनहरुमा लगातार घटिरहेको र बर्षभरी उच्च उत्तारचढाव रहेको सेयर बजार अन्तिम दिन भने हरियालीसहित बन्द भएको हो ।
आज बजार दोहोरो अंकलेबढेर २४ सय १५ को विन्दुमा पुगेको छ । यस्तै आज कारोबार रकम भने १ अर्ब ४७ करोड ६३ लाख १८ हजार रुपैयाँ पुगेको छ ।

laxmi

बजारमा कारोबार भएका सबै समुहहरुमा आज हरियाली छाएको छ । आज सबैभन्दा बढी वृद्धि भने निर्जिवन बीमा समुहको परिसुचकमा देखिन्छ । निर्जिवन बीमा समुहको परिसुचक बुधबार १२९ अंकले बढ्दा लघुवित्त समुहको परिसुचकमा १०१ अंकको वृद्धि देखिन्छ ।

यस्तै आज जिवन बीमा समुहको परिसुचकमा ९५ अंकको वृद्धि आउँदा विकास बैंक समुहको परिसुचक ६२ अंकले बढेको छ । बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा आज १७ अंकको वृद्धि हुँदा जलविद्युत समुहको परिसुचक २५ अंकले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL