Logo

म्यानको निर्वाचन : व्यक्तिगततर्फ उपेन्द्र पौड्यालले सबैभन्दा बढी मत पाउँदा संस्थागतमा मनोज ज्ञवाली, अध्यक्षमा पौड्याल निश्चित

म्यानको निर्वाचन : व्यक्तिगततर्फ उपेन्द्र पौड्यालले सबैभन्दा बढी मत पाउँदा संस्थागतमा मनोज ज्ञवाली, अध्यक्षमा पौड्याल निश्चित



काठमाडौं । नेपाल व्यवस्थापक संघको निर्वाचनमा व्यक्तिगततर्फ उपेन्द्रप्रसाद पौड्यालले सबैभन्दा बढी मत पाएका छन् । अध्यक्षका उम्मेदवार समेत रहेका पौड्यालले व्यक्तिगततर्फ सबैभन्दा बढी मत प्राप्त गरेको हुन् । नबिल बैंकका अध्यक्ष समेत रहेको पौड्यालले ३६४ मत प्राप्त गरेका थिए ।

laxmi

यसैगरी संस्थागततर्फ मनोज ज्ञवालीले सबैभन्दा बढी मत प्राप्त गरेका छन् । नबिल बैंकबाट प्रतिनिधित्व गरेका ज्ञवालीले संस्थागततर्फ ७३ मत प्राप्त गरेका थिए । म्यानको निर्वाचनमा व्यक्तिगततर्फबाट ११ जना र सस्थागततर्फबाट ६ जना सदस्य निर्वाचित भएका छन् ।

यस्तै अध्यक्षका प्रतिस्पर्धीका रुपमा रहेको रमण नेपाल भने सदस्यमै पराजय भएका छन् । उनले व्यक्तिगततर्फबाट जम्मा २०२ मत मात्र प्राप्त गरेका छन् ।

म्यानको पहिलो कार्यसमिति बैंठकले नै अध्यक्ष लगायत कार्यसमिति चयन गर्ने छ । जस अनुरुप अब म्यानको अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल बन्ने निश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL