Logo

चैते दशैं लक्षित स्टक क्लियरेन्स मेला आयोजना हुँदै, बजार मूल्यभन्दा सस्तोमा सबै वस्तु उपलब्ध हुने

चैते दशैं लक्षित स्टक क्लियरेन्स मेला आयोजना हुँदै, बजार मूल्यभन्दा सस्तोमा सबै वस्तु उपलब्ध हुने



काठमाडौं । चैत २३ गतेदेखि चैते दशैं लक्षित स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । इभेण्ट सोलुसन प्रालिले काठमाडौंको भृकुटीण्डपमा ५ दिन चल्ने गरी उक्त मेला आयोजना गर्न लागेको हो ।

laxmi

चाड पर्वका बेला सस्तो मूल्यमा एउटै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु खरिद गर्न सकिने गरी मेला आयोजना हुन लागेको हो । सपिङ गर्न उपभोक्ताहरु बजारमा धेरै भौतारिनु पर्ने अवस्था नहोस् भन्न एउटै छानामूनी क्लियरेन्स मेला आयोजना गर्न लागेको मेला आयोजक संस्थाका अध्यक्ष सुनिल भण्डारीले बताए ।

बर्षेनी आयोजना हुँदै आएको उक्त मेला पछिल्लो बर्ष कोरोना महामारीका कारण आयोजना हुन सकेको थिएन । यसपटक ‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ मेला आयोजना हुन लागेको आयोजक संस्थाले जानकारी दिएको छ । मेलामा चैते दशैंका साथै दैनिक उपभोगका लागि आवश्यक सबै किसिमका सामाग्रीहरुको कारोबार हुने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए ।

उक्त एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहने बताईएको छ । यस पटकको मेलामा विभिन्न किसिमका बम्पर छुट अफर समेत रहने आयोजकले जानकारी दिएको छ ।
‘मेलामा बजारको तुलनामा सस्तोमा सामान खरिद गर्न सकिन्छ । जहाँ घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु रहने छन्’ आयोजक संस्थाका बजार निर्देशक नविन भट्टले बताए ।

सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ आयोजना गरिएको एक्स्पोमा फिक्स्ड प्राइसका साथै विशेष अफरहरु सञ्चालन हुनुका साथै छाला जुत्ता तथा वस्तुहरुको मेलामा विशेष सहभागिता रहने आयोजकले जानकारी दिए ।

एक्स्पोमा ६० हजार उपभोक्ताले अवलोकन गर्ने आँकलन आयोजक संस्थाको रहेको छ । वर्षेनी आयोजना हुँदै आएको एक्स्पोको यो संस्करणबाट व्यवसायी तथा उपभोक्ता दुवै लाभान्वित हुने विश्वास आयोजक संस्थाले लिएको छ । स्टक क्लियरेन्स मेला चैत २७ गते चैते दशैंका दिनसम्म सञ्चालन हुने आयोजक संस्थाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL